गंगा बिसुन्के, सिन्धुली।
साउन महिना लाग्नलागे सँगै सिन्धुलीमा हरियो चुरा र मेहेन्दीको व्यापारमा वृद्धि भएको छ । महिलाले साउन महिनामा हरियो चुरा लगाउने परम्पराकै कारण हरियो चुरा र मेहन्दीको व्यापारमा वृद्धि भएको हो ।
जिल्ला सदरमुकाम माडीबजार, धुरा बजार स्ट्ल बजार लगायत जिल्लाका अन्य स्थानका श्रृङगार पसलहरुमा यतिवेला महिलाहरु हरियो चुरा र मेहेन्दीका सामाग्री खरिदका लागि ब्यस्त देखिन्छन । अन्य महिनाको तुलनामा साउन महिनामा हरियो चुरा, मेहेन्दी र श्रृङगारिक सामानहरु राम्रो बिक्री हुने गरेको बिक्रेताहरुको भनाई छ ।
साउनमा विशेषरूपमा महिलाहरु सोमबार व्रत बस्ने गरेकाले पनि रङ्गीन पहिरनसँगै बजारमा हरियो चुरा, मेहेन्दी र पोतेको व्यापार बढेको नेहा शाह ले बताउनु भयो उहाँ बिगत २२ बर्ष देखि व्यापार गर्दै आइ रहनु भएको छ उहाँ अहिले ३४ बर्ष को हुनुभयो ।उहाँ चुरा पोते मेहेन्दी नेङ्पोलिस बेचेर एक दिन मा ४दिखी ५ हजार सम्म को व्यापार गर्नु हुन्छ अरु महिना भन्दा साउन महिना नजिकिए संगै बजार मा चुरा पोते मेहेन्दी किने को भिडअलि बेसि रहेको बताउनु भयो ।
उहाँ संगै अर्को व्यापारी राजकुमार साह भनुहुन्छ पोहोर को बन्दा यसपालि आर्थिक मन्दीका कारण अलि कम व्यापार भएको बताउनु हुन्छ उहाँ अहिले ३0 बर्ष को हुनुभयो उहाँ ले व्यापार गरेको १० बर्ष भएको छ। पैसा नभएको कारण मान्छेले मन भए पनि किन्न नपाएको बताउनु भयो ।
चुरा हरुको मुल्य फरक फरक भएको ग्राहक हरुले बताएका छन ।कमलामाइ नगरपालिका वडा नम्बर ४ कि कमला मङराती भनु हुन्छ फरक फरक भाउमा बिक्री हुदा एकदमै समस्य हुन्छ ।
सादा चुरा ५० रुपैया बुटे चुरा ६०/रुपैया पोते 30 देखि १०० रूपमा लाहाको चुरा २०० सय रूपमा मेहेन्दी २० रुपैया नेङपोलिस ५० रूपमामा व्यापार भैरहेको नेहा शाह ले बताउनु भयो।
हिन्दू धर्मावलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा भएकोले पनि साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लीने संस्कृतिकर्मीहरु बताउँछन ।