Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पार्टीलाई एकताबद्ध र सुदृढ तुल्याउन सबैको सहयोग आवश्यकः सभापति देउवा

दोभानचौर खबर by दोभानचौर खबर
July 15, 2023
in समाचार
0
पार्टीलाई एकताबद्ध र सुदृढ तुल्याउन सबैको सहयोग आवश्यकः सभापति देउवा
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताएका छन् । तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको शनिबार उद्घटन गर्दै सभापति देउवाले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, “मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ ।”

पार्टी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन, आर्थिक समृद्धि र रुपान्तरणको पक्षमा दल र सरकारले काम गरिरहेको बताए ।

उनले भने, “मुलुक र जनताको विरुद्धमा रहेको भ्रष्टाचार न्यूनीकरणमा यो वा त्यो भनिने छैन । सुशासन कायम गर्दै जनतालाई सहज र सरलरूपमा सेवा प्रवाहलाई चुस्त तुल्याइने छ, दुई दिनभित्र मिटर ब्याजीसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ ।”

महामन्त्री विश्वप्रकाश शर्माले मातृ पार्टी कांग्रेसलाई सुदृढ तुल्याउँदै राज्यलाई समृद्धिको यात्रामा सक्रियाताका साथ लाग्न सबै जातजाति र समुदायको कर्तव्य हुने बताए ।

उनले भने, “गौतम बुद्ध, सगरमाथा र गोर्खालीको पहिचान बोकेको नेपालमा संसारमै नभएका भाषा, संस्कृति र सभ्यता छ, अब हामी भ्रष्टाचारविरुद्ध र समृद्धिको यात्रामा दृढ भएर जानुपर्छ, त्यसका लागि भ्रष्टाचारलाई निर्मूल गर्ने अठोट गर्नुपर्छ ।”

सहमहामन्त्री भीष्मराज आङदम्बेले कांग्रेसलाई अहिलेको उचाइमा पुर्याउन गुरुङ समुदायले खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए । पूर्वमहामन्त्री कुलबहादुर गुरुङले प्रत्येक समुदायले आफ्नो समुदाय, संस्कृति र सभ्यताको संरक्षण र संवर्द्धन गर्दै देश विकासको अभियानमा जुट्न आवश्यक रहेको बताए ।

पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल सबै जातजाति, धर्म, समुदाय, संस्कृति, सभ्यता र वेषभूषाका हिसाबले साझा पहिचान बोकेको मुलुक भएको बताए । उनले भने, “नेपाल जातजाति, संस्कृति र सभ्याताले परिपूर्ण छ । समावेशी मुद्दा उठाउने र कार्यान्वयन गर्ने पहिलो पार्टी कांग्रेस हो । दलभित्रका आन्तरिक जीवनका विषय पार्टीको औपचारिक मञ्चमा मात्रै राख्नु बुद्धिमानी हुन्छ ।”

Previous Post

सिन्धुलीमा साउन महिना सुरुभए संगै व्यापारी लाई भ्याइनभ्याई

Next Post

गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन

गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार