रामेछाप- सुनचाँदीको भाउ आज पनि केहि घटेको छ । आज सुन तोलामा ८ सय रुपैँयाले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । विवाहको सिजन भएपनि सुनचाँदीको कारोबार खासै नभएको व्यापारीले बताएका छन् । सिजनका बेला सुनको दैनिक माग ५० किलोसम्म हुने गरेकोमा अहिले कारोबार घटेको हो । पहिला हुने कारोबारको तुलनामा अहिले दैनिक १५/२० किलो मात्रै सुनको कारोबार हुँदै आएको छ ।
सुनको भाउमा उतारचढाव र आर्थिक मन्दीजस्ता कारणले कारोबारमा असर पारेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयाे । उहाँका अनुसार भाउ महँगो हुँदा ग्राहकले आवश्यकताअनुसार नयाँ किन्ने भन्दा पनि आफूसँग भएको पुरानो गरगहनाबाट काम चलाउने गरेका छन् ।