- समिन बरुवाल
बसन्तका ओठहरुमा
लाली लालित्य छ फूलहरुमा
हे !! कल्पनाको कल्पवृक्ष
मागुँ त के मागुँ तिमिसङ्ग
मागु त तिम्रा फूलहरुबाट
मुस्कान मागु तिमी सङ्ग
सौन्दर्य मागुँं तिमिसङ्ग
//कि
हावामा हल्लिएका पातहरु झै
चंचलता मागुँ तिमिसङ्ग
म निदाइरहुँ बर्षौसम्म तिम्रो काखको सिँहालमा
//बस्
सितलता मागुँ तिमिसङ्ग
ल,,
- उचाई बताउ सुन्दरताको
- गहिराइ भन गम्भीरताको
,,समर्पित गरेर आफैलाइ तिमिमा
मागे आफैलाइ तिमी सङ्ग
//बस्
म तिमिबाट फर्किदा,,,तिमी भएर आउन सकुँ। - असुन्दर चिजलाइ सुन्दरता दिउँ ।
- भुइमा खसेपनी मन्दिरमा पुगुँ ।
- नचुढोस् कैल्यै//कसैले कोमलता मेरो ।
म यो प्रार्थना गरुँ
म पारिजात झै
मलाई चुड्नेलाइ नि बास्ना दिउँ