Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

यो वर्ष मुस्ताङबाट ४९ करोड रुपैयाँको स्याउ निकासी

दोभानचौर खबर by दोभानचौर खबर
December 8, 2023
in अर्थ खबर
0
यो वर्ष मुस्ताङबाट ४९ करोड रुपैयाँको स्याउ निकासी
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter


काठमाण्डौँ- मुस्ताङबाट यस वर्ष ४९ करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । योवर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमध्ये ४ हजार ४७७ दशमलव ५ मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताउनुभयो । कृषकले बिक्री गरेको सरदर प्रतिकिलो ११० रुपैयाँका दरले हिसाब गर्दा ४९ करोड २५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको स्याउ जोन कार्यालयले जनाएको छ ।
मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीका रुपमा स्याउ किनेर लैजाने गर्छन् । म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाण्डौलगायत सहरका व्यापारीले बगैँचामा स्याउ नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा खरिद गर्ने गर्छन् । धादिङबाट स्याउ खरिद गर्न मुस्ताङ पुगेका व्यापारी शिवाङ तामाङले बेनी, बागलुङ र पोखराका बजारमा मुस्ताङको स्याउको माग उच्च हुने गरेको बताउनुभयो । पातलो फले पनि दाना ठूला र स्वादिष्ट रहेको उहाँले बताउनुभयो । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छन् ।
मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती गरिएको छ । मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएका स्याउका बोटले उत्पादन दिने गरेको छ । करिब ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती गरिएको छ ।

Previous Post

बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता

Next Post

सुशासन कायम गरी सेवाग्राहीहरूलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व होः प्रचण्ड

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

सुनको भाउ २ लाख ७० हजार नाघ्यो,चाँदी हालसम्मकै उच्च

January 11, 2026
Next Post
सुशासन कायम गरी सेवाग्राहीहरूलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व होः प्रचण्ड

सुशासन कायम गरी सेवाग्राहीहरूलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व होः प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार