काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक शृंखलामा नेपाल नामिबियासँग फेरि पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाल घरेलु मैदानमा नामिबियासँग २ विकेटले पराजित भएको हो । १६९ रनको मध्यम लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३८ औँ ओभरमा १६८ रनमा अलआउट भएको थियो । लिग टूको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो ।