Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एक सय बच्चाकी आमा “ज्योति दिदी”

दोभानचौर खबर by दोभानचौर खबर
February 20, 2024
in बिचार
0
एक सय बच्चाकी आमा “ज्योति दिदी”
49
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

“म दुबई जानुछ, आएर भेट्छु है भाइ?”
मैले भेट्ने समय मागेपछि एकजना महिलाले दिएको उत्तर हो यो।मैले चुपचाप “हस्” भनिदिएँ।
नयाँ नम्बरबाट फोन आयो। कुनै सेभ नभएको तर चिनेको मान्छेको नम्बर पो हो कि? एक्कैछिन घोरिएँ म।घोरिँदा घोरिँदै पहिलो कलको आयु सकियो। तर, यकिन गर्न सकिन।फेरि गुगलले पनि देखाएन नाम।दोस्रो कल आयो। कुनै अप्ठेरो परेर मेरै कोही आफन्तले गरेको पनि त हुनसक्छ सम्झेर रेसिभ गरें।
“भाइ! म ज्योती केसी दिदी के।” परिचय दिनुभो उहाँले
“अनि नम्बर त नेपालकै छ त।” जिज्ञासु बनेँ म।
“त्यस्तै भयो।भाइ कता हुनुन्छ? के छ समय भेटौं न।” भेट्ने प्रस्ताव आउँदा मेरा मनमा धेरै प्रश्नहरु उब्जिए।
‘अनि हिजो त समय छैन, बाहिर निस्किनुछ भन्नुहुन्थ्यो त।कि हिजो निस्केर आजै फर्किनुभयो?’ हत्तपत्त मनबाट यी प्रश्नहरु उठेर मनमै फुटे-पानीको फोकाजस्तै।
“रामेछाप छु दिदी।भोलि फर्कन्छु।पर्सीलाई के छ समय दिदीको?”
“हुन्छ भाइ।पर्सि तीन बजे।” छोट्टो उत्तर आयो उताबाट।

मनको रहर पूरा हुने खबरले कोही जति खुसी हुन्छ त्यति नै खुसी भयो मेरो मन। कौतूहल पनि।मनको झोलामा यही कौतूहलता र खुसी प्याक गरेर काठमान्डौ निस्किएँ म।

कल आयो दिदीकै नम्बरबाट। रेसिभ गरें।भन्नुभो-“भाइलाई दिएको समयमा एउटा मिटिङ पर्यो। अर्को दिन भेटौं ल? पर्सि।”

-पहिला समय मलाई दिनुभको कि, मिटिङलाई?
-म कार्यक्रमलाई हतारमा बिट मारेर के को लागि दौडेको हुँ यसरी?
-मेरो चाहिँ समयको महत्व छैन?म ‘फोकटलाल’ हुँ?
-भयो नभेटूँ अब कहिल्यै।
मनभरि उठेका यी जम्मै प्रश्नहरुलाई मनमै बिसाएँ गह्रौं हुने गरी।अनि घाइते रहरलाई सम्झाएर-“हस्” भनें।
स्पष्ट बोल्ने मान्छेलाई आफू स्पष्ट हुनुको मज्जा जति हुन्छ, त्यति नै डर पनि हुँदोरहेछ। नाम छोपेर आफ्नो हृदयमा लागेको बोल्नेलाई ।
  पर्सिपल्ट बिहान भेट भयो।सामान्य लवज।उस्तै सामान्य देखिने व्यक्तित्व।मेरो फेसबुक स्ट्याटस र पत्रकारितालाई प्रेम गर्ने दिदीसँगको यो भेट बिशेष थियो मेरो लागि।
“चिया पिऊँ भाइ?”-मेनु हेर्दै थप्नुभो-“अरु केही ?”
‘चिया मात्र ऐलेलाई।मन लागेछ भने फेरि थपूँला नि अरु कुरा।’ चियाको पारखी म चियामै झुमें।
अन्तत: दूध चियामै हाम्रो समझदारी भयो।वेटरले अर्डर लिएर गएपछि दिदीले क्रमश: आफूलाई खोल्न थाल्नुभयो-
२०३९ सालामा झापाबाट काठमान्डौ झरेको भाइ म, अलिकति बाटाखर्च लिएर।बुबाको अनुहार याद छैन।जीवनसाथी पनि छैन। खास त: शिक्षण पेशामा रहेर बिद्यार्थीहरुलाई ज्ञान बाँड्दा बाँड्दा बिहे गर्नुपर्छ भन्ने ज्ञान आफैंलाई बाँड्न भुलिगएछु।बिहे नहुनु भनेको नि-सन्तान हुनु होइन रहेछ भाइ।मेरा १०० सन्तानहरु छन्।
कस्तो भावुक लय जिन्दगीको! पीडाको ठूलो छपनी पल्टाइसकेपछिको कस्तो मीठो खुसी! म आफैं पनि भावुक भैगएँ। सुनिमात्र रहें। दिदी बगिरहनुभयो-तामाकोशीजस्तै धीमा।
त्यति सामान्य मान्छेभित्र कति ठूलो साहस!मैले अङ्रेजी भनाइ सम्झें-“डन्ट जज् द बुक् बाई इट्स् कभर्।” एक्कैछिन उहाँको धाराप्रबाह लयलाई रोकेर सोधें-‘ अबिबाहित महिलाको यत्रो सन्तान? तर कसरी?’

दुखले दुखलाई नै बुझ्दोरहेछ भाइ। खाली पाइतालाको पीडा बुझ्न आफू पनि भुइँमा खाली पाइताला नै हिँड्नुपर्ने रहेछ।हो, मैले त्यही महसुस गरेर अनाथ बालबालिकाको आमा बन्ने निर्णय गरेकी हूँ।मेरो रहरमा सङ्ख्या थपिँदै थपिँदै १०० पुगे, जसले आमा भएको महसुस गर्न बिहेको फर्मालिटी पूरा गर्नैपर्छ भन्ने मेरो भ्रमलाई चिरेका छन्।सायद, अरुको भ्रमलाई पनि।

उहाँको ओठबाट मन्द मुस्कान निस्किरहेको थियो। कुनै दुखको मस्त भारी कुनै चौतारिमा बिसाउँदाको बटुवाको खुसी जस्तो।

बग्ने क्रम जारी रह्यो उहाँको-
भाइ, म गर्भधारण गरेर बच्चा जन्माउने आमा त भइन।तर कोहि नभएकाहरुको आमा बनें।पढाएँ।बिहेदान गर्दिएँ।पेट चिरेर जन्माएकाहरुले छाती चिरेको पनि त हामीले देखेका छौँ। यो संसारमा प्राप्तिको अन्तिम बिन्दु छैन भाइ।मानिस के मा सन्तुष्ट हुन्छ भन्ने कुरा उस्को सबैभन्दा ठूलो कमाई हो। यस मानेमा म मेरो जिन्दगीसँग धेरै खुसी छु।मेरो आफ्नै प्राइभेट स्कुल छ। त्यसबाट खान पुग्छ।यी छोराछोरीहरुलाई पढाइरहेकै छु। कलिला रहरहरु मरेको म देख्नै सक्दिन। जन्मिँदै कसैको के दोष हुन्छ र भाइ? आफ्ना बाउ आमाले गरेको पापको सजाय किन कुनै बाल मस्तिष्कले भोग्नुपर्छ?

दिदी टक्क रोकिनुभयो प्रश्नवाचक भएर।’त्यै त किन?’ मेरो मनको ध्वनी आफ्नै मनको भित्तामा ठोकिएर फर्कियो। जबाफमा निथ्रुक्क रुझ्नबाहेक केही आएन। यो कलि! अनि यति सहयोगी महिला! मेरो मनले उहाँलाई गर्ने सम्मानको उचाई सगरमाथा भैसकेको थियो।

चिया आइपुग्यो।चिया पिउन बसेको म आँसु पिउन बसेझैँ भैसकेथेँ।मैले मेरो कौतूहलताको अर्को तुना खोलें।
‘दिदी पैसा कमाएर सहयोग गर्न थाल्नुभएको हो?’
‘होइन नि भाइ । पैसा कमाउनु कसरी? जसको न समाउने हाँगो छ।न त टेक्ने आड नै।दुखले धेरै कुरा सिकाउने रैछ भाइ।म एक छाक खाएर पनि सहयोग गर्थेँ। मैले कसै बाट सहयोग लिएर गरेको होइन। पढ्न थुप्रै मेहनत गरेँ। स्कुलमा पढाउन थालें।पढाउन्जेल पनि पढिरहेँ। थोरै थोरै गरेर पैसा बचत गरेँ। आफ्नै बिधालय खोल्ने रहर लाग्यो। साथीहरूले सहयोग गरे। मेहनत गरें। स्कुल चल्यो आनन्द छ। मलाई के छ छैन होइन के पाए होइन सबैभन्दा धेरै सन्तान पाएको छु खुशी छु।

मलाई इङ्कित गर्दै थप्नुभो-“भाइ तपाईँमा राम्रो क्षमता छ। म एउटा शिक्षकले त गरेँ।तपाईं त कलमकर्मी । धेरै गर्न सक्नुहुन्छ। जे सहयोग चाहिन्छ, मैले गर्नसक्ने गर्छु। तर, मेहनत गर्न नछोड्नू। भुइँबाट सुरु भएका पाइला नै हुन् उचाइमा पुग्ने।टुप्पाबाट पलाएको रूखको आयु धेरै हुन्न। जिरोबाट थाल्नुपर्छ।

उहाँको साहसले मेरो शरीरभरी काँडा उमृसकेका थिए।मनमा धेरै योजनाहरु हतारहतार गर्दै आइसकेका थिए।’हस् दिदी’ भन्दा अरु बोल्नै आएन।

Previous Post

दोलखा केन्द्रबिन्दु भएर गयो ४.१ म्याग्निच्युडको भूकम्प

Next Post

नेपाल नामिबियासँग २ विकेटले पराजित

RelatedPosts

मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ
बिचार

मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ

October 26, 2024
बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो
बिचार

बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो

October 13, 2024
हेफरले किसानको खोर रित्तियो
बिचार

हेफरले किसानको खोर रित्तियो

June 19, 2024
चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्
बिचार

चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्

May 7, 2024
कसरी प्राप्त गर्ने त अपाङ्गता परिचयपत्र
बिचार

कसरी प्राप्त गर्ने त अपाङ्गता परिचयपत्र

March 31, 2024
याद सदैव आयो आइन छोरी
बिचार

याद सदैव आयो आइन छोरी

December 22, 2023
Next Post
नेपाल नामिबियासँग २ विकेटले पराजित

नेपाल नामिबियासँग २ विकेटले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार