Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो

दोभानचौर खबर by दोभानचौर खबर
October 13, 2024
in बिचार
0
बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो
163
SHARES
378
VIEWS
Share on FacebookShare on Twitter

अनु खड्का, चौरीदेउराली गाउपालिका -४,काभ्रे।

दशैँ हिन्दुधर्मलम्बीहरुको महान पर्व हो । सोर्ह श्राद्द सकिए लगत्तै हजुरबुबाले केराको बोटमुनिबाट ल्याएको माटोलाई चोखो मानिन्छ भन्दै जमरा राख्ने चलन छ । घटस्थापना सुरु अर्थात जमरा राखेसङ्गै विद्यालयमा सास्कृतिक कार्यक्रम नाचगान हुन्छन । चरी ररि ररि रै भन्दै साथीहरुसङ्ग नृत्य गर्दाको ती पलहरु अविस्मरणीय छन । विद्यालयको कार्यक्रम सकेर घर नपुग्दै गुरुआमाले दिनुभएको दशैको गृहकार्य सम्झेर मन आत्तिन्थ्यो त्यो गृहकार्य जसरी नि गर्नुपर्ने हुन्थ्यो। गुरुआमाले दिनुभएको गृहकार्य र दशैको उमंगले मन बचेराले चाहारा खान्दा जतिकै खुशी हुन्थ्यो ।
एउटा कुटो, नाम्लो, एउटा बोरा र बोराभित्र माटो उघाउने एउटा कचौरा बोकेर अर्को हातले बेलौती टोक्दै एक लर्को भुरा जम्मा भइ ओरालो लागेर कन्य डाँडामा रातोमाटो लिन गएको ताजै छ। बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटो लगाउथ्यौ । सहरबाट गाउँ आउदै गर्दा बाबाले पनि जामा लिएर आउनुहुन्थ्यो अनि जस्तो गुड छाड्न लागेका बचेराहरु खुशी हुँदै उड्छन उत्तिकै हामी जामामा यताउता दगुरेर लुकामारी गर्ने गर्थौं। गाउभरी साथीहरुमाझ खुसी बाड्न दौडिन्थ्यौ । दिनहु जमरा पुजा गरेर हजुरबुबा र हजुरआमाले छिट्टै टीका लगाउने दिन आउदै छ भन्दा क्याप्टेनले जहाजलाई गन्तव्यमा पुर्याउदा हुने जतिकै खुशी लाग्थ्यो ।
अष्टमीमा बुबाले खसी काट्नुहुन्थ्यो । दुर्गा पुजामा चन्डी पढाउदै बुबाहरुले हातहतियार पुजा गर्नुहुन्थ्यो खुब रमाइलो लाग्थ्यो । विजया दशमीको दिन विहानै सबैजनाले नुवाइधुवाइ गरेर नयाँ लुगा लगाउथ्यौ । हजुरबुबा र आमाले बुबा आमा काका काकी सबैलाई टिका र जमरा लगाइसकेपछी ठुलाको हातबाट टीका थाप्ने हाम्रो पालो हुन्थ्यो । टिका जमारा सगै ठूलो ठाउँमा पुग्नु धेरै पढ्नु भन्ने आशिर्वाद सुनेर लाग्थ्यो म सधै राम्रो पढ्नेछु, मन फुरुङ्ग हुदै दक्षिणा थापेर बाबियोको डोरि बाटेर हालेको लिङ्गे पिङ खेल्न सबैजना डाडामा जम्मा हुन्थ्यौ । पिङमा मच्किदै माथी माथी पुग्दा मेरा सपना यो भन्दा अग्लो छ जस्तो महसुस हुने गर्थ्यो।
आजभोली समयसगै मानिसको जिवनमा परिवर्तन आएको छ । प्रत्येक गाउँको घरमा रित्तिएर बुढा आमा बुबा, घरमा दशै भित्र्याउन छोराछोरी बुहारी नातिनातिनी आउनुपर्ने हुन्छ त्यही नि बोर्डिङ पढ्ने नानिबाबुको छुट्टि छिटो भयो भने आउछौ नत्र टिकाको दिनसम्म आउला भन्ने कुराले आमाबाहरुको मन गह्रौ बनेको हुन्छ। अष्टमीको दिन खसी काट्नुलाई सस्कृती धान्नु नभएर तुजुक प्रदर्शन गर्ने रुपमा लिन थालिएको छ । प्रत्येक घरको छोरा नभए छोरी परदेशिएकै छन । बालबालिकाहरु पनि बेग्लै समस्या देखिएको छ । हाम्रो बालापनमा दशैको खुसी भनेको पिङ नयाँ लुगा र खानेकुरामा थिए । तर आजभोली सुचना प्रविधिले साघुरो बनाएको छ । सबैजनामा विभिन्न मोबाइलमा गेमको लत बसेकाले पनि पारिवारिक रमाइलो घट्दै गएको छ । अहिले त दशै आउनु भनेको मदिरा खाएर होहल्ला गर्दै जुवातासको खालमा रमाउनुमा नै सिमित बनेको छ । अहिले फुलपातीमा मठमन्दिर, टीका र जमराको खुसियालीमा कमि आएको छ । यसरी दशैको मौलिकतामा परिवर्तन आउदै गरेको छ । चाडवाडको महत्वको आभाष नभएर बिस्तारै धर्म सस्कृति मुल्य मान्याता पनि लोप हुदै गएको देखिन्छ । बालबालिकालाई स्कुल देखि नै संस्कृत र संस्कार सिकाउन सकिएन भने हाम्रो संस्कार रहदैन ।

(लेखक सामुदायिक बिधालयको शिक्षक)

Previous Post

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

Next Post

मन्थली अस्पतालमा बढ्यो बिरामीको चाप

RelatedPosts

शिक्षक समाजका गहना हुन: डा. भण्डारी
बिचार

शिक्षक समाजका गहना हुन: डा. भण्डारी

September 17, 2025
शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ
बिचार

शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ

July 24, 2025
सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…
बिचार

सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…

July 17, 2025
मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ
बिचार

मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ

October 26, 2024
हेफरले किसानको खोर रित्तियो
बिचार

हेफरले किसानको खोर रित्तियो

June 19, 2024
चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्
बिचार

चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्

May 7, 2024
Next Post
मन्थली अस्पतालमा बढ्यो बिरामीको चाप

मन्थली अस्पतालमा बढ्यो बिरामीको चाप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार