काठमाडौं । नेपाली बजारमा मगंलबार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी,चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर दुई हजार एक सय पाँच कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार एक तोला चाँदी रु दुई हजार ६५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






