Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

स्थानीय उपचुनाव : उम्मेदवार बन्न यस्तो छ योग्यता

दोभानचौर खबर by दोभानचौर खबर
November 12, 2024
in समाचार
0
स्थानीय उपचुनाव : उम्मेदवार बन्न यस्तो छ योग्यता
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि योग्यता र अयोग्यताबारे जानकारी गराएको छ ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ र निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम देहायको निर्देशन दिने निर्णय गरेको छ ।

देहायको योग्यता भएका व्यक्तिहरुलाई स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार मनोनयन गर्ने :

  • एक्काईस वर्ष उमेर पूरा भएको,
  • उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको,
  • कुनै कानूनले अयोग्य नभएको,
  • संवत् २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहको रिक्त रहेको पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ बमोजिम उम्मेदवारको मनोनयन पेश गर्दा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्ने ।

देहायको अयोग्यता भएका व्यक्तिहरुलाई स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार मनोनयन नगर्ने :

  • स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति,
  •  गैर नेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति,
  • नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति,
  • कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति,
  • निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति,
  • भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ती सुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति,
  • सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति,
  • जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति,
  • बुँदा नं. ६ र ७ मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति,
  • प्रचलित कानून बमोजिम कालोसूचीमा रहेको व्यक्ति कालोसूचीमा रहेको अवधिभर,
  • कुनै कसूरमा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर,
  • मानसिक सन्तुलन ठीक नभएको व्यक्ति,
  • प्रचलित कानूनले अयोग्य भएको व्यक्ति।
  • जिल्ला समन्वय समितिको उपनिर्वाचनको हकमा प्रचलित कानून बमोजिम निलम्बनमा रहेका पदाधिकारी उक्त अवधिभर उम्मेदवार हुन नपाउने निर्देशन दिएको छ ।
Previous Post

यु-१९ महिला टि-२० विश्वकप : आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा   

Next Post

यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित

RelatedPosts

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
Next Post
यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित

यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार