सिन्धुली । १४ बर्षीया किशोरी मौसम योन्जन मरिण गाउँपालिका अध्यक्ष बनेकी छिन् । मरिण गाउँपालिका (७ की योञ्जन एक दिनको लागि पालिका अध्यक्ष बनेकी हुन् ।
जिएसएस परियोजना अन्तर्गत बालिका तथा किशोरीको अधिकार संरक्षण, संवर्द्धन र सशक्तीकरण गर्ने उद्देश्यले योन्जनलार्ई सोमबार एक दिनका लागि पालिका अध्यक्ष बनाइएको हो ।गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ९प्रख्यात० ले किशोरी मौसम योन्जनलाई एक दिनका लागी अध्यक्ष पद हस्तान्तरण गरेका थिए ।
प्लान इन्टरनेश्नल नेपालको साझेदारी मानव तथा राष्ट्रिय विकास समाज ह्याण्डस नेपाल र जनजाति विकास समाज सिन्धुलीको आयोजनामा टेक ओभर कार्यक्रममा एक दिनका लागी अध्यक्ष बनेकी मौसम योञ्जनले पालिकामा धेरै बालविवाह हुने गरेको बताउँदै बालविवाह न्यूनीकरणका लागी पालिकाले विशेष कदम चाल्न आवश्यक रहेको तर्क राखिन् । उनले गाउँपालिकाको शिक्षा शाखा, स्वास्थ्य शाखा, सामाजिक तथा महिला बालबालिका शाखाले गरेको काम र योजना बारे जानकारी लिएकी थिइन् ।
शिक्षा शाखा प्रमुख नवराज बरालले सबै बालबालिकालाई शिक्षित बनाउने उद्देश्यका साथ गाउँपालिकाले काम गरिरहेको बताए । अन्य शाखा प्रमुखहरूले पालिकाबाट भए गरेका काम र योजनाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा उपस्थित किशोरीमध्ये एक किशोरीले पालिकाका अधिकांश विद्यालयमा खेलकुद सामग्रीको अभाव तथा खेल मैदान नहुँदा किशोरीहरू विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भएको गुनासो गरिन् ।
साथै अर्की किशोरीले पालिकाका विद्यालयमा महिनावारी भएका किशोरीहरूका लागी विश्राम कक्षको व्यवस्था भए पनि एउटै बेडमा तिन जना सम्म आराम गर्नुपर्ने अवस्था सिर्जना हुँदा समस्या हुने गरेको बनाइन् । किशोरीहरूले राखेका जिज्ञासाहरूमा शाखा प्रमुखहरूले आफ्ना आफ्ना तर्कहरू राखेका थिए ।
गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले यस्तो अवसरले किशोरीहरूको मनोबल बढ्ने र अघि बढ्न प्रेरित गर्न सहयोग पुर्याउने बताए ।