रामेछाप। रामेछाप महिला उधमी संघको अध्यक्ष मेनुका महत निर्विरोध निर्वाचित भएकी छन। महत सहित १० कार्यसमिति निर्वाचित भएको निर्वाचन समिती सयोजक नवीन थापा मगरले जनाएका छन।
शनिबार मन्थलीमा भएको चौथो साधारण सभा तथा तेस्रो अधिबेशन बाट संघमा नयाँ नेतृत्व आएको हो। अध्यक्ष महत सहित तारादेवी थापा उपाध्यक्ष निर्विरोध बनेकी छिन् ।
विभिन्न उधमी महिलाहरु सहभागी भएका समूहको महासचिवमा मञ्जु माझी, सचिवमा बोध कुमार श्रेष्ठ (गोमा) निर्विरोध निर्वाचित भएका हुन।
संघको कोषाध्यक्षमा विमला श्रेष्ठले जिम्मेवारी पाउँदा कविता श्रेष्ठ, सविता श्रेष्ठ, विमला श्रेष्ठ, डुकुना पोखरेल (घिमिरे) र सावित्री घिमिरे (दाहाल) कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नवीन थापा मगरले घोषणा गरेका हुन।
संघलाई महिला उधमी सँग रहेर नेतृत्व, सीप र क्षमता लगाएतका तालिम गर्न सुझाब दिदै कार्यकालको शुभकामना व्यक्त निर्वाचन समितिका संयोजक मगरले ब्यक्त गरेका छन।