रामेछाप। नागरिकतामा आफैले विवरण सच्याउने विभिन्न प्रयोजनामा प्रयोग गर्ने र सक्कल चाहिने भएपछि कार्यलयमा भएको अभिलेख र नागरिकतामा भएको विवरण फरक पर्ने गरेको छ। यस्तो अवस्थामा कार्यलयको अभिलेख बाहिर जान नसक्ने हुँदा नागरिक समस्यामा रहेको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन।
शुक्रबार जिल्ला प्रशासन कार्यलय रामेछापको आयोजनामा कर्मचारी मिलन केन्द्र रामेछापको भवनमा सम्पन्न भएको सार्वजनिक सुनुवाइमा बिकास निर्माण र सेवा प्रवाह कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको थियो। कार्यलयहरुले गरेका कामको विवरण प्रस्तुत पछि पत्रकारले जिज्ञासा् राखेका थिए। उक्त जिज्ञासा् माथी प्रष्ट पार्दै हामी कानुनको दायरामा बसेर काम गर्ने हो। स्थानीय सरकारले पुँजीगत कम भएको छ जसलाई बढाउन हामी लागेको छौँ। हामी जेष्ठ महिना भित्र नै भुक्तानी गर्ने काम सुरु गरेको रामेछाप नगरपालिका प्रशासकीय अधिकृत भोला चापागाईंले उल्लेख गरेका छन।
कार्यलय प्रमुख र कर्मचारीलाई कानुनको दायरामा रहेर सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारिले निर्देशन समेत दिएका छन। पत्रकारको जिज्ञासा्लाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यलयमा नागरिकताको समस्या जटिल छैन। कानुन बमोजिम दिएका छौँ । वडाको सिफारिसमा नागरिकता दिने हो। वडालाई बिश्वास नगर्ने कुरै छैन। तर कहिलेकाही केही कुरा बाझिन आएको खण्डमा प्रहरी रिपोर्ट र सनाखत राख्ने गरेको प्रजिअ पौडेलले उल्लेख गरेका छ्न।