Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कुनै दल फुुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री

दोभानचौर खबर by दोभानचौर खबर
January 13, 2025
in राजनीति
0
kp sharma oli
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गर्नुभयो । 

उहाँले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍ याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताउनुभयो । 

तत्कालीन समयमा विरोध गर्नेहरुले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेको उहाँको भनाइ थियो । तर आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले मुलुक विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताउनुभयो । उहाँले सो विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेको भनी झुठो वक्तव्य प्रचार गरिएको उल्लेख गर्दै यस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिनुभयो। यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले जारी नै नभएको अध्यादेशलाई रातिराति जारी गर्‍यो भनेर सम्प्रेषण गरिएको उल्लेख गर्दै मुलुक र जनताका पक्षमा आफूहरुले दिनरात नभनी काम गरेको बताउनुुभयो। “हामी १०-५ को जागिर खान आएका होइनौँ। देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुुन्छ। लुुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो”, प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भन्नुभयो, “राम्रो काम राति गर्न हुन्न भन्ने छ र ?”

सरकारले विभिन्न नाममा हुने कीर्ते र जाली काम रोक्ने गरी कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यको भूमिका हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारी र सदस्यलाई प्रधानमन्त्री ओलीले बधाई दिनुभएको थियो। महासङ्घ अध्यक्ष शर्मा र महासचिव रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

अध्यक्ष शर्माले महासङ्घको निर्वाचन हुन विविध कारणले ढिलाइ भए पनि यसपटक महिला अध्यक्ष भएर इतिहास रचिएको उल्लेख गर्दै यसमा राजनीतिक दल, पत्रकारिताका सङ्गठन र पत्रकारको साथ रहेको बताउनुभयो ।

Previous Post

लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने

Next Post

रामेछाप कृषि पर्यटन मेला माघ १६ देखि २६ सम्म

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
रामेछाप कृषि पर्यटन मेला माघ १६ देखि २६ सम्म

रामेछाप कृषि पर्यटन मेला माघ १६ देखि २६ सम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार