Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
May 11, 2025
in दाेभानचाैर आज, खेलकुद, बाग्मती प्रदेश
0
उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

सम्झना गौतम /रामेछाप: उमाकुण्ड गाउँपालिकाको प्रायोजन, वडा नं. ४ कार्यालयको सह-प्रायोजन, गाउँपालिका खेलकुद विकास समिति तथा वडा खेलकुद विकास समितिको आयोजनामा २०८२ बैशाख २३ गते ( मंगलबार) देखि २७ गते (शनिबार) सम्म वडा नं ४ काे च्यादलु खेलमैदानमा संचालित  अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता शनिबार  एक भव्य समापन समारोहका साथ सम्पन्न भएको छ।

 गाउँपालिकाकाे प्रायोजन तथा खेलकुद विकास समितिकाे आयोजनामा भएको खुल्ला अन्तरपालिका पुरूष तथा महिला फुटबल प्रतियोगितामा पुरूष तर्फ ९ टिम र महिला तर्फ ४ टिमको सहभागिता रहेकाे थियाे ।

बैशाख २८ गते समापन समारोह सम्पन्न गर्ने याेजना बनाएता पनि माैसमले साथ दिएको हुँदा उक्त कार्यक्रम शनिबार  नै सम्पन्न गरिएको उमाकुण्ड खेलकुदमा विकास समितिले जनाएको छ।

शनिबार बिहान  ९ बजेबाट शुरू भएको महिला फुटबल प्रतियोगिताकाे पहिलो खेल भुजी र चण्डेश्वरी युथ क्लब प्रितीबीच भएको थियाे ।

उक्त खेलमा भुजीले चण्डेश्वरी युथ क्लब प्रितीलाई ११-० ले हराएको थियाे । त्यस्तै गरि दाेस्राे खेलमा खिजीदेम्बा गाउँपालिकाले उमाकुण्ड ४ प्रितीलाई ३-० ले हराएको थियाे । महिला फुटबल प्रतियाेगितामा शीर्षस्थान ७ अंक सहित खिजीदेम्बा गाउँपालिकाले प्रथम स्थान हासिल गरेकाे छ । उमाकुण्ड ७ भुजीले ५ अंक सहित दाेस्राे स्थान हासिल गरेकाे छ । त्यस्तै उमाकुण्ड ७ भुजीले ५ अंक सहित दाेस्राे स्थान हासिल गरेकाे छ । 

पहिलाे र दाेस्राे हुने टिमले क्रमशः नगद ५० हजार र ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । त्यस्तै गरि तृतीय र चाैथाे स्थान हासिल गर्ने उमाकुण्ड ४ प्रिती र चण्डेश्वरी युथ क्लब प्रितीले क्रमशः नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

त्यस्तै गरि तृतीय र चाैथाे स्थान हासिल गर्ने उमाकुण्ड ४ प्रिती र चण्डेश्वरी युथ क्लब प्रितीले क्रमशः नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छन । 

महिला फुटबल प्रतियाेगिता तर्फ सर्वाेकृष्ट महिला खेलाडी उमाकुण्ड ४ प्रितीका साने वाइवा घाेषित हुँदै नगद रू. ३००० र ट्रफी प्राप्त गरिन् । त्यस्तै सर्वाधिक गाेलकर्ता खिजिदेम्बा गाउँपालिकाकी निशा कुमारी मगर, उत्कृष्ट गाेलकिपर भुजीकी झरणा नगरकोटी र स्थानीय राइजिङ खेलाडीमा चण्डेश्वरी युथ क्लबकी गाेलकिपर सलिना खुलाल घाेषित हुँदै खेलाडीहरूले क्रमशः रू. २००० नगद सहित ट्रफी प्राप्त गरेका छन् ।

त्यसैगरी महिला फुटबल प्रतियोगिताकाे खेल समापन सँगै भएकाे ३५ वर्ष उमेर भन्दा माथिको भुजी गुप्तेश्वर र प्रितीबीच भएको भेट्रान टिमको मैत्रीपुर्ण खेलमा भुजी गुप्तेश्वरले प्रितीलाई २-१ ले हराउँदै नगद २१ हजार पुरस्कार प्राप्त गरेकाे छ। उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले वितरण गर्नु भएको हो ।

त्यस्तै पुरूष फुटबल फाइनल प्रतियोगितामा आकाशे ब्वाइज क्लब मन्थलीलाई टाइब्रेकरमा ४-२ ले हराउँदै विजेता चण्डेश्वरी युथ क्लब प्रितीले १ लाख ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । उपविजेता आकाशे ब्वाइज क्लब मन्थलीले ९० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । 

त्यसैगरी सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमहरू हिल भ्यू एफसी रामेछाप र मिलनचाेक युथ क्लब प्रितीले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छन् ।

त्यस्तै गरी पुरूष फुटबल प्रतियाेगिता तर्फ सर्वाेकृष्ट खेलाडी आकाशे ब्वाइज क्लब मन्थलीका रामकृष्ण माझीले नगद रू. ५००० र ट्रफी प्राप्त गरेका छन् । त्यस्तै सर्वाधिक गाेलकर्ता आकाशे ब्वाइज क्लब मन्थलीकै करण खड्का, उत्कृष्ट गाेलकिपर तथा खेलकाे म्यान अफ दि म्याच चण्डेश्वरी युथ क्लबका निशान थापा मगर घाेषित हुँदै खेलाडीहरूले क्रमशः रू. ३००० नगद सहित ट्रफी र म्यान अफ दि म्याच हुने खेलाडीले नगद रू. २००० प्राप्त गरेका छन् । 

विजेता खेलाडीहरूलाई उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठ, वडा अध्यक्षहरू तथा राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा नगद पुरस्कार राशीसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको हो ।

अन्तरपालिका पुरूष तथा महिला फुटबल प्रतियोगिता सम्पन्न गराउन सहयोग पुर्याउनु हुने स्वंयसेवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निर्णायक मण्डल लगायत सहयोगी हातहरूलाई प्रशंसा पत्र र मायाको चिनाेद्वारा सम्मान गरिएको थियाे ।

समापनको क्रममा आयोजक पक्षले सम्पूर्ण सहयोगी संस्थाहरू र स्थानीय समुदायलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सक्रिय सहभागिताको अपेक्षा राखेको बताएको छ।

Previous Post

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि

Next Post

राष्ट्रिय मगर संघ बाग्मति प्रदेशकाे दाेस्राे अधिबेशन सम्पन्न, अध्यक्षमा मगर

RelatedPosts

आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

प्रधानमन्त्री कार्कीद्वारा शुभकामना

October 20, 2025
गृहमन्त्री अर्यालद्वारा प्रहरीलाई उच्च मनोबलका साथ जनहितमा काम गर्न निर्देशन
दाेभानचाैर आज

निर्वाचन सुरक्षाका लागि सरकारी तयारी तीव्र, आज केन्द्रीय सुरक्षा समितिको रणनीतिक बैठक

October 19, 2025
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की
दाेभानचाैर आज

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

October 16, 2025
सर्वोच्चमा आजदेखि नयाँ मुद्दा दर्ता सुरु
दाेभानचाैर आज

सर्वोच्चमा आजदेखि नयाँ मुद्दा दर्ता सुरु

October 14, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

October 14, 2025
सर्वोच्चको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै पूर्ण रुपमा सञ्चालन हुन्छ: प्रधानन्यायाधीश राउत
दाेभानचाैर आज

सर्वोच्चको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै पूर्ण रुपमा सञ्चालन हुन्छ: प्रधानन्यायाधीश राउत

October 10, 2025
Next Post
राष्ट्रिय मगर संघ बाग्मति प्रदेशकाे दाेस्राे अधिबेशन सम्पन्न, अध्यक्षमा मगर

राष्ट्रिय मगर संघ बाग्मति प्रदेशकाे दाेस्राे अधिबेशन सम्पन्न, अध्यक्षमा मगर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार