Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द

दोभानचौर खबर by दोभानचौर खबर
July 9, 2025
in अर्थ खबर, अर्थतन्त्र
0
आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द
21
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ असार
आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले सञ्चालन गर्ने सरकारी खाता बन्द गरिने मलेनिकाकी प्रवक्ता सुशीला अर्यालले जानकारी दिनुभयो।

प्रवक्ता अर्यालका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि सिर्जित दायित्वअनुसार बजेट रकम निकासा गर्ने आज अन्तिम दिन हो। आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (TSA) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली प्रणाली (सिगास) एक साताका लागि बन्द हुनेछन्।

अघिल्ला वर्षहरूमा मलेनिकाले प्रलेनिका तथा कोलेनिकालाई असारको अन्तिम साता बजेट निकासा रोक्न परिपत्र गर्दै आएको भए पनि यसपटक भने ऐनमा भएको बाध्यकारी व्यवस्थाका कारण यस्तो परिपत्र नगरिएको उहाँले बताउनुभयो।

“कानुनअनुसार आर्थिक वर्ष समाप्त हुनु एक साताअघि सबै सरकारी खाता रोक्का गर्नुपर्छ। आज रातिदेखि अत्यावश्यक प्रयोजनबाहेक कुनै पनि खर्चको भुक्तानी गरिने छैन,” अर्यालले भन्नुभयो। अत्यावश्यक खर्चको भुक्तानीका लागि मलेनिकाको सहमति आवश्यक हुने व्यवस्था नियमावलीमा उल्लेख छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको अन्तिम भुक्तानी दिनको अघिल्लो दिनसम्म (मंगलबार) कुल बजेट खर्च करिब ७९ प्रतिशत पुगेको छ। सो अवधिमा चालु खर्च ८४ प्रतिशत, पुँजीगत खर्च ५३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ।

Previous Post

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

Next Post

समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान जन्माईसक्न प्रधानमन्त्रीको आग्रह

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
Next Post
समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान जन्माईसक्न प्रधानमन्त्रीको आग्रह

समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान जन्माईसक्न प्रधानमन्त्रीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार