काठमाडौँ: देशभर सुनचाँदीको भाउ अहिलेसम्मकै उच्चस्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार३०० रुपैयाँले बढ्दै २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि हिजो सुनको भाउ तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँ थियो। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर रेकर्ड तोड्दै उकालो लागिरहेको छ।
चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज तोलामा २० रुपैयाँले बढेर २ हजार ७०० रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको २ हजार ६८० रुपैयाँमा कारोबार भएको थियो।







