काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेकी छन्।
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने मुख्य जिम्मेवारी सरकारको काँधमा रहेकाले प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ।







