काठमाडौं,असोज २४
लगातार वृद्धि भइरहेको सुनचाँदीको मूल्यमा आज कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला रु २ लाख ३९ हजार २०० मा कारोबार भएको सुन आज रु ४ हजार,२०० ले घटेर रु २ लाख ३५ हजारमा झरेको छ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला ३ हजार २५ मा कारोबार भएको चाँदी आज ३ हजार ८५ मा पुगेको महासंघले जनाएको छ।





