काठमाडौँ: नेपाली कांग्रेसले राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन राष्ट्रिय निर्वाचन आयोगमा बुझाएको छ। आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले आयोगमा पुगेर दर्ता आवेदन पेश गरेका हुन्।
कांग्रेसले शनिबार बसेको बैठकमार्फत आगामी दुवै निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो।
राष्ट्रियसभा निर्वाचन माघ ११ गते निर्धारित भएकाले आज (आइतबार) दल दर्ता निवेदन बुझाउने अन्तिम हो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दल दर्ताको समय खुला छ।







