Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं : गृहमन्त्री

दोभानचौर खबर by दोभानचौर खबर
November 25, 2025
in राजनीति
0
निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं : गृहमन्त्री
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

भैरहवा: गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते जेनजी युवाहरूको आन्दोलनपछि जटिल परिस्थितिमा गठन भएको सरकारले शान्ति–सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भएको बताएका छन्। लुम्बिनी प्रदेश सरकार र गृह मन्त्रालयले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ उद्घाटन गर्दै उनले वर्तमान सरकार सुशासन प्रवर्धन र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए।

उनका अनुसार चुनाव गर्न नसकिने भन्ने भ्रम केही ठाउँमा फैलाइएको भए पनि सरकारले आफ्नो काममार्फत स्पष्ट जवाफ दिइरहेको छ। परिस्थिति अनुरूप विशेष जिम्मेवारी पाएका कारण व्यक्तिगत स्वार्थ नभई राष्ट्रिय आवश्यकता पूरा गर्ने लक्ष्यसहित सरकार काम गरिरहेको उल्लेख गरे।

हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन। प्राप्त जिम्मेवारीलाई अर्जुनदृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रित छ। त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं,ु गृहमन्त्री अर्यालले भने।

मन्त्री अर्यालले निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचनका लागि सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने प्रयोजनले सुरक्षा गोष्ठी आयोजना गरिएको बताए। लुम्बिनी प्रदेशका सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकारको भूमिकासमेत महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २४ गतेको घटनामा जेनजी युवाहरूको घुसपैठ रहेको भन्दै हतियार फिर्ता हुनु र फरार कैदीबन्दी पक्राउ पर्नु निर्वाचन सुरक्षाका लागि अपरिहार्य रहेको बताए।

सहसचिव सुरेश पन्थीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शान्ति–सुरक्षा कायम राख्नु सबै तहका कर्मचारीको दायित्व भएको बताए। उनले गोष्ठीले प्रदेशको सुरक्षा चुनौती पहिचान गरी प्रभावकारी रणनीति बनाउने विश्वास व्यक्त गरे।

गोष्ठीमा गृह मन्त्रालय, प्रदेश सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी तथा जिल्ला सुरक्षा समितिका प्रतिनिधिहरू लगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो।

Previous Post

विवाह पञ्चमी आज : जनकपुरधाममा भव्य राम–सीता विवाह महोत्सव

Next Post

मधेश सरकारले स्नातक बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने प्रस्ताव पेश

RelatedPosts

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
Next Post
मधेश सरकारले स्नातक बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने प्रस्ताव पेश

मधेश सरकारले स्नातक बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने प्रस्ताव पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार