काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे सर्वदलीय बैठक बस्ने भएको छ। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका तयारी र आवश्यक समन्वयबारे छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलका प्रतिनिधिहरूसँगै जेनजी प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, निर्वाचन आयोग तथा अन्य सरोकारवाला निकायलाई पनि बैठकमा सहभागी हुन आग्रह गरेकी छन्। सरकार फागुन २१ को निर्वाचनलाई सुव्यवस्थित र सफल बनाउन निरन्तर परामर्श तथा समन्वय जारी राखिरहेको छ।







