काठमाडौँ: केही दिनदेखि निरन्तर उकालो लाग्दै आएको स्थानीय बजारको सुनचाँदीको मूल्य आज भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि घट्दै प्रतितोला चार हजार ४७० रुपैयाँ कायम भएको छ।
यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ५९० रुपैयाँ रहेको थियो।







