Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

श्रम स्वीकृतिमा सुधार: टोकन प्रणाली अन्त्य, आवेदनकै दिन स्वीकृति

दोभानचौर खबर by दोभानचौर खबर
March 30, 2026
in समाचार
0
श्रम स्वीकृतिमा सुधार: टोकन प्रणाली अन्त्य, आवेदनकै दिन स्वीकृति
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रक्रियामा सुधार गर्दै टोकन प्रणाली हटाएको छ। अब आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान गरिने निर्णय गरिएको छ।

यसअघि सेवाग्राहीले टोकन लिएर तोकिएको मितिमा मात्र स्वीकृति पाउने व्यवस्था थियो। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले प्रक्रिया सहज बनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

बैठकले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल माध्यममार्फत उपलब्ध गराउने तथा पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाउने निर्णय पनि गरेको छ। साथै, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गराउने अभियान सञ्चालन गर्ने र न्यूनतम ज्यालाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने योजना अघि सारिएको छ।

श्रमाधान योजनालाई थप प्रभावकारी बनाउँदै श्रमाधान कल सेन्टरलाई व्यवस्थित गर्ने, औद्योगिक प्रतिष्ठानहरूमा जोखिम मूल्याङ्कन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने, उत्पादन र उद्यमशीलता बढाउँदै आन्तरिक रोजगारी सिर्जना गर्ने तथा थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ।

मन्त्रिपरिषद्को चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमाथि समेत छलफल भएको मन्त्रालयले जनाएको छ। श्रम क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने तथा श्रमिकको हकहित संरक्षण गर्ने उद्देश्यसहित ती कार्यसूची कार्यान्वयनका लागि मन्त्री साहले मातहतका निकायलाई निर्देशन दिए छन्।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, न्यूनतम ज्याला, कार्यस्थलको अवस्था र स्वास्थ्य सुरक्षाबारे अध्ययन गरी न्यूनतम मापदण्ड तय गर्ने विषयमा पनि छलफल भएको छ। रोजगार प्रवर्द्धनका लागि सीप विकास तालिम सञ्चालन गर्ने र निजी क्षेत्रसँग सहकार्यमा सबै प्रदेशमा सीप मेला आयोजना गर्ने तयारीसमेत अघि बढाइएको छ।

मन्त्रालयले सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने र वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने योजना पनि सार्वजनिक गरेको छ।

Previous Post

बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

Next Post

प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने

RelatedPosts

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
समाचार

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

May 17, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
Next Post
प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने

प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार