Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाली कांग्रेसकाे मनाेनित गरिएका केन्द्रिय सदस्य प्रति शेखर काेइराला काे असन्तुष्टि

दोभानचौर खबर by दोभानचौर खबर
January 5, 2022
in राजनीति, दाेभानचाैर आज
0
शेखर कोइराला
18
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसकाे मनाेनित गरिएका केन्द्रिय सदस्य प्रति शेखर काेइरालाले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ले नेपाली कांग्रेसमा महाधिबेसनपछी पार्टीको कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति शेरबहादुर देउवामाथि प्रश्न उठाएका छन् ।

काेइरालाले आज (बुधबार) अपिल जारी गर्दै केन्द्रीय सदस्यहरु मनाेनितमा असन्तुष्टि जनाउदै मनाेनितकाे मापदण्डका आधारका बारेमा आफुले जान्न चाहेको बताएका छन् ।

नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ तर कुन मापदण्डका आधारका उहाँहरु नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौं’ उनले भनेका छन्, ‘पार्टीमा सबैलाइ न्यायोचित तरिकाले व्यवस्थापन गर्न जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’

सभापति देउवाले दुईपटक गरी हालसम्म १३ जना केन्द्रीय सदस्य मनोनित गरेकाे र मनाेनितमा आफू निकटका व्यक्तिलाई मात्र मनोनित गरेको र इतर पक्षलाई बेवास्ता गरेको कोइराला पक्षको गुनासो गरेका हुन् । गएकाे महाधिबेशनमा इतर पक्षबाट उनी पराजित भएका थिए ।

पार्टि सभापतिले पक्षका र विपक्षका आधारमा व्यक्तिको छनोट हुन थालेकाे र यस्ताे ब्यवहारले पार्टी दुर्घटनामा पर्ने काेइरालाले बताएका हुन् । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एक ढिक्का भएर प्रयत्न किन नगर्ने ?’ उनले प्रश्न गरेका छन् ।

नेता कोइरालाले पार्टीको निर्णय गर्ने ठाउँमा आफूहरु प्रभावकारी हुन नसके पनि पार्टीभित्र हुने सबै काम न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय हुनुपर्ने बताए ।

उनले पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेसको संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचन असहज हुने पनि बताएका छन् । ‘हाम्रो निर्णय प्रक्रियाले पार्टीमा ऊर्जाको सञ्चार गर्न नसके कांग्रेस शिगिल हुन सक्छ’ डा. कोइरालाले भनेका छन् ।

शेखरकोइरालाको अपिल यस्ताे छ –

नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा विश्राम लागेको छैन। पार्टीको १४ महाधिवेशनले कही साथीहरूलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्‍याएको छ भने केही साथीहरूलाई  पदीय जिम्मेवारीबाट बाहिर राखेको छ। 

१) संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकले मात्र आस्था र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरूको गतिविधिलाई हेरिरहेका छन्। त्यसकारण हामी अग्नी परीक्षामा छौं।

(२) हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ। अहिले पार्टी संगठन भित्र कटुता विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन। तर यति भनिरहँदा पार्टीमा काम गर्न निष्ठावान, इमान्दार, त्यागी  र सक्षम नेता कार्यकर्ताहरूलाई नियोजित किसिमले पाखा लगाउने कामका विरूद्ध हामीले डटेर आवाज उठाउनुपर्छ। हामी लोकतन्त्र वादीहरू राजनीतिक खेल एउटा नियमसंगत रूपमा अगाडि बढोस् भन्ने हामी चाहन्छौं। सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ। पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरू हाम्रा लागि असहज हुन सक्छन्। हाम्रो निर्णय प्रकृयाले पार्टीमा उर्जाको सञ्चार  गर्न नसके कांग्रेस सिथल हुनसक्छ।

३- पार्टी सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ, नियुक्ति पाउनुभएका सबै साथीहरू योग्य नै हुनुहुन्छ तर के ‘मापदण्ड’ अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण व्यवस्थापन हुन जरूरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्छ।

४- सभापतिको लाइक र डिसलाइकमा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एक ढिक्का भएर पर्यत्न गर्ने कि नगर्ने? मलाई थाहा छ हामी पार्टीको निर्णय गर्नमा प्रभावकारी तर पार्टीका विरूद्ध हुने सबै कार्यहरू न्याय संगत र विधान संगत विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहान्छौं। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने?

मलाई लाग्छ हामी सक्छौं। साथीहरू हाम्रा अगाडिका बाटाहरू सहज छैनन्। तीन तहको निर्वाचन हामी सामूछ कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभर साथीहरूसँग जानेछौं। एकताको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौ। हामी थाक्ने छैनौ र विश्राम पनि लिने छैनौं। हामी कुनै पनि कार्यकर्ताको शीर झुक्न दिने छैनौं। निरास हुन दिनेछैंनौ। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहनेछौं। तीन तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर देशको मुहार कांग्रेसले मात्र फेर्न सक्ने कुरामा हामी कटिवद्ध छौं।

Previous Post

लगातार ६ दिनसम्म हिउँमा फसेका बाबुछोरा गाउँ फर्किएका छन् ।

Next Post

दैलेख मा जीप दुर्घटना हुँदा एकको मृत्यु

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
Next Post
दैलेख मा जीप दुर्घटना हुँदा एकको मृत्यु

दैलेख मा जीप दुर्घटना हुँदा एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार