Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सेयर बजार लयमा फर्कन अझ सकेन : साना लगानीकर्ता मारमा

दोभानचौर खबर by दोभानचौर खबर
October 19, 2021
in अर्थतन्त्र
0
सेयर बजार लयमा फर्कन अझ सकेन : साना लगानीकर्ता मारमा
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

सेयर बजारमा पुनः गिरावट आएको छ । दसैँपछि खुलेको दोस्रो दिनमै बजार फेरि घट्न पुगेको हो । आइतबार बढेको नेप्सेले लगानीकर्तालाई उत्साहित बनाए पनि सोमबार बजार घट्दा लगानीकर्ता निराश बनेका छन् । विशेष गरी साना लगानीकर्ता आत्तिएका देखिन्छन् ।
बजारको यथेस्ट संकेत अझै देखिएको छैन । आइतबार दोहोरो अंकले बढ्दा नाफा बुक गर्ने सोच सहित लगानीकर्ता बसेका थिए । कम्पनीहरूले लाभांश घोषणा गरेको अवस्थामा हतारिएर सेयर बेचिहाल्ने पक्षमा पनि लगानीकर्ता छैनन् । बैंकमा ब्याजदरको समस्या पनि हल हुँदै गएको अवस्था छ । दसैँ सकिन अझै केही दिन बाँकी नै छ । लगानीकर्ता खुलेर बजारतर्फ सोझिएका पनि छैनन् । त्यसकारण पनि बजार उकालो लाग्न नसकेको केही लगानीकर्ताको अनुमान छ ।
अर्कोतर्फ बैंकहरूले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो । सेयर बजारलाई कहिले मौद्रिक नीतिमा, बैंकको कर्जालगायतको क्यापको प्रभाव त कहिले ब्याजदरको बहानाले सेयर बजारको स्तर झनै घटेको प्रस्ट छ ।
सोमबार नेप्से दुई हजार ६ सयको बिन्दुमा अझै ओरालो लागेर दुई हजार पाँच सय दशमलव ८७ को बिन्दुमा आएर बन्द हुन पुगेको छ । सो दिन नेप्से सूचक ६९ दशमलव ५१ अंकले घट्न पुगेको छ । कारोबारमा आएका १३ समूहका सूचकमा १२ समूहका सूचक नकारात्मक बन्न पुगेका छन् भने ट्रेडिङ समूहको सूचक मात्र झिनो अंकले सकारात्मक रहन पुुग्यो । सो दिन सर्वाधिक गुमाउनेमा फाइनान्स, जलविद्युत, विकास बैंकका लगानीकर्ता रहेका छन् भने माइक्रो फाइनान्स, जीवन बिमा समूहको सूचकमा उच्च अंकको गिरावट आएको छ ।
सोमबार घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । युनाइटेड मोदी, कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले घट्दा यी कम्पनीका लगानीकर्ता निराश बनेका छन् । नेपाल हाइड्रो डेभलपर्स, छ्याङ्दी हाइड्रोपावर, हिमालयन पावर कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
कारोबारको हिसाबले पनि सेयर बजार सुस्त रहेको संकेत गर्छ । एक विज्ञ लगानीकर्ताका अनुसार बजारको समग्र टे«न्ड हेर्ने आधार भनेको लगानीकर्ताको सेयर खरिद–बिक्रीको अवस्थालाई अध्ययन गर्नुपर्छ । यदि लगानीकर्ता त्यसतर्फ आकर्षित छैनन् भने बजारको गति सुस्त हुन सक्छ ।
अघिल्लो दिन ढेड अर्बको रुपैयाँको कारोबार भएकोमा सोमबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १८ कम्पनीको ८७ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ९६ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक सेयर कारोबार नबिल बैंकको नौ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सानिमा बैंकको नौ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ भने हिमालयन पावर, अपि पावर, नेपाल बैंकको सात करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

Previous Post

भेट्न बोलायर तीन दिदिबहिनीको सामुहिक बलात्कार ।

Next Post

गजल

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
गजल

गजल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार