Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रधानमन्त्रीद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

दोभानचौर खबर by दोभानचौर खबर
June 2, 2023
in समाचार
0
प्रधानमन्त्रीद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

इन्दोर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन् ।

त्यसक्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएकी थिइन् । उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताइन् ।

कूल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिइन् ।

केन्द्रले फोहरलाई व्यस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर सहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ ।

केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिहरु पठाइ फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए ।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमूनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए ।
प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दोर पुगेका हुन् । इन्दोर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालको सम्मानमा आजै मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गरेका छन् ।

प्रधामन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही जेठ १७ गते भारत गएका हुन् ।

Previous Post

कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग

Next Post

शरणार्थी प्रकरण :१८ जना अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
शरणार्थी प्रकरण :१८ जना अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

शरणार्थी प्रकरण :१८ जना अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार