Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग

दोभानचौर खबर by दोभानचौर खबर
June 2, 2023
in प्रदेश १, राजनीति, समाचार
0
कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कोशी प्रदेशका नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरुले ‘कोशी’ नाममा पुनर्विचार गर्न आग्रह गरेका छन्। नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा लगातार आन्दोलन भइरहेका बेला बेला सो प्रदेशका १४ जिल्ला सभापतिहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नामाकरणमाथि पुनर्विचार गर्न माग गरेका हुन्।

उनीहरूले नामाकरणमा पुनर्विचार गर्न प्रदेशसभासँग माग गरेका छन् । कांग्रेस सभापतिहरूले प्रदेशमा भइरहेको यो आन्दोलनको समाधान कांग्रेसकै नेतृत्वमा समाधान हुनुपर्ने भन्दै यो समस्या समाधानका लागि पहलकदमी लिन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । प्रदेशको नाम कोशी राखिपछि पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन्।

“हामी कोशी प्रदेश नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं। कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्दछ।”

उनीहरूले आन्दोलनमा भएको सरकारी दमनको भत्सर्ना पनि गरेका छन्। यससँगै संयमित हुन आन्दोलनकारीलाई पनि आग्रह गरेका छन्।

संघीयमन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु, खोटाङ सभापति विष्णु कुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापाका सभापति देउ कुमार थेबे, संखुवासभाका सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी र ओखलढुंगा सभापति तेजेन्द्र खनाल, सोलुखुम्बु सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्मर खड्का, पाँचथर सभापति रुपनारायण जगेबु, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

२०७९ फागुन १७ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर घटकहरूले चलाएको आन्दोलन अझै जारी छ । कोशी प्रदेश नामकरणको विरोधमा राजनीतिक दल र जातीय सङ्गठनहरू आन्दोलनमा उत्रिएका छन्।

यता, सरकारले भने प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले प्रेस विज्ञप्ति निकाल्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् । यसअघि सोमवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए।

नाम राख्दा निषेधाज्ञा
तीन वर्ष अघि २०७६ वैशाखमा विराटनगरलाई प्रदेशको राजधानी तोके पनि प्रदेशको नामबारे दलहरूबीच विवाद थियो।

भूगोलका आधारमा नाम राख्ने कि जातीय पहिचानलाई मान्ने भन्ने विवादले अघिल्लो पाँच वर्षे कार्यकालमा प्रदेशले नाम पाउन नसकेको हो।

कोशी प्रदेशको प्रदेश सभामा ९३ जना सांसद छन्।

Previous Post

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

Next Post

प्रधानमन्त्रीद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

RelatedPosts

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि
राजनीति

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि

May 8, 2025
मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
वागमति प्रदेश

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल
राजनीति

जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल

May 7, 2025
एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला
राजनीति

एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला

May 11, 2025
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित
समाचार

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

May 6, 2025
नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव
राजनीति

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

May 5, 2025
Next Post
प्रधानमन्त्रीद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

प्रधानमन्त्रीद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार