Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग

दोभानचौर खबर by दोभानचौर खबर
June 2, 2023
in प्रदेश १, राजनीति, समाचार
0
कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कोशी प्रदेशका नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरुले ‘कोशी’ नाममा पुनर्विचार गर्न आग्रह गरेका छन्। नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा लगातार आन्दोलन भइरहेका बेला बेला सो प्रदेशका १४ जिल्ला सभापतिहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नामाकरणमाथि पुनर्विचार गर्न माग गरेका हुन्।

उनीहरूले नामाकरणमा पुनर्विचार गर्न प्रदेशसभासँग माग गरेका छन् । कांग्रेस सभापतिहरूले प्रदेशमा भइरहेको यो आन्दोलनको समाधान कांग्रेसकै नेतृत्वमा समाधान हुनुपर्ने भन्दै यो समस्या समाधानका लागि पहलकदमी लिन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । प्रदेशको नाम कोशी राखिपछि पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन्।

“हामी कोशी प्रदेश नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं। कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्दछ।”

उनीहरूले आन्दोलनमा भएको सरकारी दमनको भत्सर्ना पनि गरेका छन्। यससँगै संयमित हुन आन्दोलनकारीलाई पनि आग्रह गरेका छन्।

संघीयमन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु, खोटाङ सभापति विष्णु कुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापाका सभापति देउ कुमार थेबे, संखुवासभाका सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी र ओखलढुंगा सभापति तेजेन्द्र खनाल, सोलुखुम्बु सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्मर खड्का, पाँचथर सभापति रुपनारायण जगेबु, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

२०७९ फागुन १७ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर घटकहरूले चलाएको आन्दोलन अझै जारी छ । कोशी प्रदेश नामकरणको विरोधमा राजनीतिक दल र जातीय सङ्गठनहरू आन्दोलनमा उत्रिएका छन्।

यता, सरकारले भने प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले प्रेस विज्ञप्ति निकाल्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् । यसअघि सोमवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए।

नाम राख्दा निषेधाज्ञा
तीन वर्ष अघि २०७६ वैशाखमा विराटनगरलाई प्रदेशको राजधानी तोके पनि प्रदेशको नामबारे दलहरूबीच विवाद थियो।

भूगोलका आधारमा नाम राख्ने कि जातीय पहिचानलाई मान्ने भन्ने विवादले अघिल्लो पाँच वर्षे कार्यकालमा प्रदेशले नाम पाउन नसकेको हो।

कोशी प्रदेशको प्रदेश सभामा ९३ जना सांसद छन्।

Previous Post

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

Next Post

प्रधानमन्त्रीद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

RelatedPosts

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
प्रधानमन्त्रीद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

प्रधानमन्त्रीद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार