Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा ल्याउन जनताको काममा खट्नुपर्छः महामन्त्री थापा

दोभानचौर खबर by दोभानचौर खबर
July 22, 2023
in दाेभानचाैर आज
0
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तामा रहँदा होस् वा नरहँदा जनताका काममा दिनरात खट्न कांग्रेसका जनप्रतिनिधि तथा नेतालाई आग्रह गरेका छन् ।

शनिबार ४१औँ विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको ‘उत्पादनसँग कांग्रेस’ विषयक परिसंवादमा महामन्त्री थापाले आगामी चार वर्ष जनताको हितमा काम गरेर २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा पार्नुपर्ने बताए ।

“नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, जनताको आशा र भरोसा पनि कांग्रेसप्रति नै छ”, महामन्त्री थापाले भने, “चार वर्षमा काम गरेर देखाउन सकेनौँ भने विसं २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा नहुनसक्छ ।” कांग्रेसका आठ लाख ६६ हजार सक्रिय कार्यकर्ता प्रत्येक जनताको घरमा पुगेर उनीहरुको सुखदुःखमा साथ दिन पनि उनले आग्रह गरे ।

“स्थानीय तहको निर्वाचन घोषणापत्रमा कांग्रेसले ‘अबको यात्रा र एजेन्डाः समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प’ अगाडि सारेको छ”, थापाले भने, “जनताको भावना र राजनीतिक शक्ति सन्तुलनअनुसार संशोधन र परिमार्जन गरी समृद्ध र प्रगतिशील दस्तावेजका रूपमा रुपान्तरण गर्न नेपाली कांग्रेस अगाडि बढ्नैपर्छ ।”

कांग्रेस पार्टीको जन्म सत्तामा पुग्नका लागि मात्रै नभएको भन्दै उनले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाद्वारा जनताको भावनाअनुसार अग्रगामी र प्रगतिशील आर्थिक–सामाजिक रुपान्तरण गर्न स्थापनाका लागि भएको स्पष्ट पारे । “नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहन, देशमा पूर्वाधार निर्माण गरी उत्तरदायी शासन व्यवस्था ल्याउने प्रयत्नमा हामी छौँ”, उनले भने ।

जल, जमिन, जङ्गल, जडीबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नसमेत उनले आग्रह गरे ।

खेतीपाती र पशुपालन तथा कृषि एवं पशुजन्य उद्योगको स्थापना एवं क्षमता विस्तारका लागि लगानी गर्न चाहने कृषक र उद्यमीका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा लगानीका लागि सुलभ ऋणको व्यवस्था तथा अनुदानका कार्यक्रमको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

कृषि प्रणालीलाई व्यवस्थित गर्न भू–उपयोग योजनामार्फत कृषिमा उद्यमशीलता, आधुनिकीकरण तथा औद्योगिकीकरण गर्न जरुरी रहेको उनले बताए । कृषि–जैविक विविधताको महत्व भएका बाली तथा वस्तुको पहिचान गरी दिगो संरक्षण तथा उपयोग कार्यक्रम सञ्चालन गर्न उनले स्थानीय तहलाई सुझाव दिए ।

प्रत्येक गाउँपालिकामा कृषि सामग्री, बीउ, मल, नश्ल सुधार, विषादी, औषधि आदिको सहज आपूर्तिका लागि निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सुपथ कृषि सामग्री पसलको स्थापना तथा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए । कृषि उत्पादन वृद्धिका लागि सिँचाइ र बजार व्यवस्थापनका साथै सम्भावना भएका वडाको पहुँच पुग्ने व्यवस्था गर्न उनले सुझाव दिए ।

Previous Post

दाङमा बसभित्रै वृद्धा बलात्कृत, दुईजना पक्राउ

Next Post

स्थिर सरकार रहन नदिने चलखेल भइरहेको छः सभापति देउवा

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post

स्थिर सरकार रहन नदिने चलखेल भइरहेको छः सभापति देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार