Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

दोभानचौर खबर by दोभानचौर खबर
August 26, 2026
in दाेभानचाैर आज, शिक्षा
0
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वायु प्रदूषण नियन्त्रण तथा वातावरणीय व्यवस्थापनका लागि कम लागतका वायु गुणस्तर मापन उपकरण (Low-Cost Air Quality Sensors) बाट प्राप्त तथ्यांकलाई नीतिगत निर्णय र व्यवहारिक कार्यान्वयनमा जोड्ने उद्देश्यले काठमाडौंमा ‘National Symposium on Translating Data to Action: Low-Cost Sensors, Air Quality and Environmental Management’ आयोजना गरिएको छ। CLEAN UP NEPAL, Green Decision Labs and Research Pvt. Ltd., Nepal Development Research Institute (NDRI) र Air Pollution Health Research Laboratory (APHRL), काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरकारी निकाय, नगरपालिका, सरकारी विद्यालय, प्राज्ञिक तथा अनुसन्धान संस्था, नागरिक समाज र प्राविधिक क्षेत्रका प्रतिनिधिसहित ६५ जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता CLEAN UP NEPAL का कार्यकारी निर्देशक रविन्द्र लामिछानेले गर्नुभएको थियो भने वातावरण विभाग, कृषि, वन तथा पर्यावरण मन्त्रालयका महानिर्देशक ज्ञानराज सुवेदी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कम लागतका सेन्सरबाट प्राप्त वायु गुणस्तरसम्बन्धी तथ्यांकको विश्वसनीयता, प्रयोग, व्यवस्थापन, संस्थागत स्वामित्व तथा सरकारको नेतृत्वमा एकीकृत तथ्यांक प्रणाली विकास गर्ने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमको पहिलो सत्रमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरका प्रा. डा. बिमप्रसाद श्रेष्ठ र ICIMOD का Air Lead आशिष तिवारीले मुख्य प्रस्तुति दिनुभएको थियो। दोस्रो प्राविधिक सत्रको अध्यक्षता पूर्वमन्त्री गणेश शाहले गर्नुभएको थियो। उक्त सत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का लोकेश अधिकारी र वातावरण विभागका गोविन्द लामिछानेले सम्बन्धित विषयमा प्रस्तुति दिनुभएको थियो।

त्यसैगरी तेस्रो प्राविधिक सत्रको अध्यक्षता नेपाल विकास अनुसन्धान संस्था की कार्यकारी निर्देशक डा. शिखा थापा मगरले गर्नुभएको थियो। सत्रमा काठमाडौं महानगरपालिकाकी वातावरण निरीक्षक श्रिस्टी श्रेष्ठ, Green Decision Labs and Research Pvt. Ltd. का प्राविधिक परामर्शदाता सक्षम श्रेष्ठ, Clean Energy Nepal का प्राविधिक विज्ञ एना मूल तथा Air Pollution Health Research Laboratory (APHRL) की अनुसन्धानकर्ता सम्पदा श्रेष्ठले कम लागतका सेन्सर, वायु गुणस्तरसम्बन्धी तथ्यांक तथा यसको व्यवस्थापन र प्रयोगका विषयमा प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमको अन्तिम सत्रमा वायु प्रदूषण व्यवस्थापन तथा तथ्यांकको प्रयोगसम्बन्धी विषयमा प्यानल छलफल गरिएको थियो। Green Decision Labs and Research Pvt. Ltd. का प्रमुख सञ्चालन अधिकृत समिप सिग्देलले सहजीकरण गर्नुभएको छलफलको अध्यक्षता त्रिभुवन विश्वविद्यालय सेवा आयोगकी प्रा. डा. रेजिना मास्केले गर्नुभएको थियो। छलफलमा Wildlife Conservation Nepal (WCN) की कार्यकारी निर्देशक सञ्जीवनी श्रेष्ठ योन्जन, काठमाडौं महानगरपालिकाकी वातावरण निरीक्षक शृष्टि श्रेष्ठ, ICIMOD का Air Quality Specialist and Intervention Manager डा. रवि साहु तथा धुलिखेल अस्पतालकी Associate Professor डा. अकिना श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा सहभागी वक्ताहरूले कम लागतका वायु गुणस्तर सेन्सरबाट संकलित तथ्यांकलाई छुट्टाछुट्टै संस्थाको सीमित प्रयोगमा मात्र नराखी सरकारी प्रणालीसँग जोड्दै एकीकृत तथ्यांक व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका थिए। त्यस्तो प्रणालीमार्फत वायु प्रदूषणको अवस्था नियमित रूपमा अनुगमन, विश्लेषण तथा सार्वजनिक गर्न सकेमा प्रमाणमा आधारित वातावरणीय नीति निर्माण, जनस्वास्थ्य संरक्षण र प्रभावकारी वायु गुणस्तर व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको धारणा थियो।

कार्यक्रममा CLEAN UP NEPAL का कार्यकारी निर्देशक रविन्द्र लामिछानेले नेपालमा वायु गुणस्तर व्यवस्थापनका लागि संस्थागत सहकार्य र साझा पहललाई थप प्रभावकारी बनाउन Air Quality Management Consortium को अवधारणा प्रस्तुत गर्नुभएको थियो। उहाँले कार्यक्रममा सहभागी सरकारी तथा गैरसरकारी संस्था, अनुसन्धान तथा प्राविधिक संस्थाहरूलाई उक्त कन्सोर्टियममा आबद्ध भई सामूहिक रूपमा वायु गुणस्तर व्यवस्थापनमा योगदान गर्न आग्रह गर्नुभयो। उहाँले वायु गुणस्तरसम्बन्धी तथ्यांकको व्यवस्थापन, आदानप्रदान तथा प्रयोगका लागि वातावरण विभागसँग सहकार्य गर्ने उद्देश्यले तयार गरिएको Memorandum of Delegation को मस्यौदा समेत सार्वजनिक गर्नुभएको थियो।

कार्यक्रमका आयोजकहरूले कम लागतका सेन्सरबाट प्राप्त तथ्यांकलाई राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन प्रणालीमा प्रभावकारी रूपमा समावेश गर्न सरकार, स्थानीय तह, अनुसन्धान संस्था, शैक्षिक संस्था तथा नागरिक समाजबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन्। वायु प्रदूषणबाट विशेषगरी बालबालिका तथा संवेदनशील समुदायको स्वास्थ्यमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न विश्वसनीय तथ्यांकमा आधारित निर्णय र कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइएको थियो।

उक्त राष्ट्रिय संगोष्ठी University of Chicago Air Quality Fund को सहयोगमा सञ्चालित ‘Breathing Easier: Protecting Children from Air Pollution’ परियोजनाअन्तर्गत आयोजना गरिएको हो। आयोजक संस्थाहरूले कार्यक्रमबाट प्राप्त ज्ञान, अनुभव र प्रतिबद्धतालाई आगामी दिनमा वायु गुणस्तरसम्बन्धी नीति, अनुसन्धान, तथ्यांक व्यवस्थापन र व्यवहारिक हस्तक्षेपमा रूपान्तरण गर्ने अपेक्षा गरेका छन्।

Previous Post

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार