Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

‘बिपी कोइराला बहुआयामिक व्यक्तित्व’

दोभानचौर खबर by दोभानचौर खबर
September 10, 2023
in समाचार
0
‘बिपी कोइराला बहुआयामिक व्यक्तित्व’
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जननायक बिपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीको सन्दर्भमा आयोजित “बिपीको बहुआयामिक व्यक्तित्व” विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । बिपी सङ्ग्रहालय सुन्दरीजल काठमाडौँमा प्रजातान्त्रिक विचार समाज केन्द्रीय कार्यसमितिले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले बिपी अन्तर्राष्ट्रिय व्यक्तित्व थिए भन्दै उनीसँग हरेक कुराको अथाह विश्लेषण गर्ने क्षमता रहेको बताए । “बिपी यस्तो देशमा जन्मिनुभयो जहाँ उहाँ अटाउन सक्नुभएन । उहाँ अन्तर्राष्ट्रिय व्यक्तित्व हुनुुहुन्थ्यो, चीनमा नेपालका कुनै नेतालाई चिन्छन् र स्मरण गर्छन भने त्यो एक मात्र व्यक्ति बिपी कोइराला हुनुहुन्छ”, उनले भने । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले नेता बिपीलाई महानायक, महामानव भन्नुमा ठूलो कारण रहेको बताए ।

प्रजातान्त्रिक विचारको संस्थापक र विचारक बिपी कोइराला भएको उल्लेख गर्दै उनले भने, “हामी जुन धरातलमा उभिएका छौँ, यो संस्था बिपीको सैद्धान्तिक सामिप्यता जोडिएको स्रोतबाट हामी यो बाटो हिँडेका हौँ ।” नेपाली कांग्रेसका नेता तारिणीदत्त चटौतले बिपीको राजनीतिक आर्दश, सिद्धान्त र चरित्रको चर्चा गर्दै बिपीका आदर्शलाई आजको राजनीतिज्ञले पनि अनुसरण गर्नुपर्नेमा जोड दिए । बिपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सङ्ग्रहायबारे जानकारी गराउँदै बिपीको बहुआयामिक व्यक्तित्वको बारेमा आफ्नो धारणा व्यक्त गरे ।

संस्थाका सल्लाहकार प्रा डा हरिदर्शन श्रेष्ठले नेपाली राजनीतिमा बिपी कोइराला असल र सरल व्यक्ति भएको बताए । संस्थाका सल्लाहकार राजन कुइँकेलले धार्मिक आस्थाका आधारमा बिपी कतै पनि नभई उनले सबै धर्मलाई सम्मान गरेर समान ढङ्गले हेर्नुभएको पाइएको बताए । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्षद्वय गोकर्ण अर्याल र ईश्वरी लौडारी, उपाध्यक्षद्वय मेनकाराज भण्डारी श्रेष्ठ र अनार बस्नेत, प्रदेश उपाध्यक्षद्वय धु्रवबहादुर मल्ल र भरतप्रसाद दवाडी, महासचिव वासुदेव भण्डारी, उपमहासचिव सिवी मल्ल, कोषाध्यक्ष पुष्पमान श्रेष्ठ, हरिसिंह केसीलगायत व्यक्तिले बिपीको बहुआयामिक बारेमा चर्चा गरेका थिए ।

Previous Post

बिपी साहित्य महोत्सव आजदेखि

Next Post

सरकार घेराबन्दी परेपनि फाइल खोल्न छाडिन्नः कानुनमन्त्री गुरुङ

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
सरकार घेराबन्दी परेपनि फाइल खोल्न छाडिन्नः कानुनमन्त्री गुरुङ

सरकार घेराबन्दी परेपनि फाइल खोल्न छाडिन्नः कानुनमन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार