काठमाडौं। बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्री सुधन गुरुङले वार्ता थालेका छन्। सिंहदरबारमा भइरहेको वार्तामा गरिमाका अभिभावक र स्थानीय अभियन्ताहरू सहभागी छन्।
गृहमन्त्री गुरुङकै आग्रहमा गरिमाका आमा–बुबालाई सिमराबाट काठमाडौं बोलाइएको मन्त्रीका स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिए।
“उहाँहरूलाई वार्ताका लागि सिमराबाट बोलाइएको थियो। अहिले गृहमन्त्रीले वार्ता गरिरहनुभएको छ,” कार्कीले भने।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दयाकृष्ण भट्टले गरिमाका आमा–बुबालाई स्थानीय अभियन्ताहरूसहित विमानमार्फत काठमाडौं पठाएका थिए।
उनीहरूलाई अपराह्न ५ बजे सिमराबाट काठमाडौं पठाइएको थियो। गृहमन्त्रीको आग्रहपछि उनीहरूलाई काठमाडौं पठाइएको डीएसपी भट्टले बताए।






