Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

१० वर्षमा कृषिमा आत्मनिर्भर हुने गरी काम गर्ने कृषि मन्त्रीकाे प्रतिबद्धता

दोभानचौर खबर by दोभानचौर खबर
June 20, 2024
in समाचार, समाज
0
१० वर्षमा कृषिमा आत्मनिर्भर हुने गरी काम गर्ने कृषि मन्त्रीकाे प्रतिबद्धता
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले अबको १० वर्षमा कृषिमा देशलाई आत्मनिर्भर हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को ‘किसान–२’ परियोजनाको आज समापन कार्यक्रममा बोल्दै कृषि मन्त्री साहले धान, मकै, मुसुरोको खेती बढी हुने तराई मधेश लगायतका क्षेत्रबाट यसको शुरुवात गर्ने बताउनुभएको हो । यी क्षेत्रमा उत्पादन वृद्धि र बजारीकरणमा सघाउन मन्त्रालय तयार रहेको उहाँकाे भनाइ छ ।

मन्त्री सालले कृषिलाई व्यावसायिकरण गर्न निजी साझेदारी बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो । कृषि विकासका लागि मन्त्रालयको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्दै उहाँले आयोजनाको धान, मिल र मकै सङ्कलन मोडलले किसानलाई आफ्नो बालीको उचित मूल्य पाउन सघाएको भन्दै धन्यवाद दिनुभयो । यो मोडल सात सय ५३ वटै पालिकामा पुर्‍याउने कृषि मन्त्रीले बताउनुभयो ।

यस्तै कार्यक्रममा अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले नेपाली कृषि सम्भावनाको उपयोग गर्दै, किसानहरूको आय वृद्धि, बजारीकण, पहुँच विस्तार तथा खाद्य सुरक्षाकाे सुधारमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा कृषि क्षेत्रको तथ्याङ्क सङ्कलन विश्लेषण र दुरुस्त राख्ने कार्यलाई थप व्यवस्थित गर्न थप सहयोग पुर्‍याउनका लागि केन्द्र, प्रदेश र पालिकामा उपयोगमा ल्याउने गरि आठ सय वटा ट्याबलेट र अन्य सूचना र सञ्चार प्रविधि उपकरणहरू मन्त्रालयलाई हस्तान्तरण गरिएकाे छ ।

कार्यक्रममा कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आय वृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू प्रदर्शन गरिएको थियो । ‘किसान–२’ परियोजनाले सात वर्षमा दुई लाख ७० हजार छ सय जना किसानलाई सहयोग गरेको छ । नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यमा परियोजनाले २५ वटा जिल्लामा कृषि उत्पादन र बिक्रीलाई उल्लेखनीय रूपमा बढाएकाे छ ।

सन् २०११ देखि अमेरिकी सरकारको ‘फिड द फ्युचर’ कार्यक्रमले आठ लाखभन्दा बढी किसानलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।

Previous Post

मकवानपुरबाट ४१ जना प्रतिनिधी छानिए

Next Post

४ किलाे ५ सय ग्राम काेकिनसहित ४ जना विदेशी नागरिक पक्राउ

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
४ किलाे ५ सय ग्राम काेकिनसहित ४ जना विदेशी नागरिक पक्राउ

४ किलाे ५ सय ग्राम काेकिनसहित ४ जना विदेशी नागरिक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार