काठमाण्डाै/ काठमाण्डौको दक्षिणकाली नगरपालिका–५ मा पर्खाल भत्किएर पुरिएका छ बालबालिकामध्ये एक जनाको ज्यान गएको छ । मनमोहन अस्पताल फर्पिङमा उपचारका क्रममा ५ वर्षीया पल्जाेम तामाङकाे ज्यान गएको हो ।
घाइते पाँच जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीले जानकारी दिनुभयो । आज बिहान थाई गुम्बा नजिकको पर्खाल भत्किँदा उनीहरू पुरिएका थिए ।







