Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लोकतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री लेखक

दोभानचौर खबर by दोभानचौर खबर
March 26, 2025
in समाचार
0
लोकतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखक बुधबार भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुणयन्त्र कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर:रमेश गिरी/रासस

2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्तिपछि सरकारले देशमा धेरै कामहरु गरेको भए पनि केही पनि गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताउनुभएको छ।

भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुणयन्त्र कार्यालय  भवनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र प्राप्तपछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरी भाष्य निर्माण गर्नु गलत भएको बताउनुभयो। 

गृहमन्त्री लेखकले भन्नुभयो, “तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनुभएको छैन भन्ने मलाई विश्वास छ। प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चारमाध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिङ्गो प्रेस जगत् र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यवस्था चाहिँदैन भनेर नेपाली जनताले भन्न सक्नुहुन्न।”

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उहाँले भन्नुभयो, “केही हुँदै नभएको, केही गर्दै नगरेको भन्ने होइन, धरै काम भएका छन्। तर जनताले सोचेजस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यवस्था लोकतन्त्र मात्रै हो।”

विभिन्न चुनौती र समस्याका बाबजुत धेरै काम भएका उल्लेख गर्दै गृहमन्त्री लेखकले एकतन्त्रीय व्यवस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ तथा लोकतन्त्रले जनता र सञ्चारको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनुभयो। 

भ्रमको खेतीले जनता अब खोला, खोल्सीमा अल्झिन्छन् भन्ने आफूलाई नलागेको उल्लेख गर्दै उहाँले लोकतन्त्र भएमात्रै स्वच्छ पत्रकारिता, स्वतन्त्रता, सञ्चार जगत्, जनताको आवाज रहन्छ भन्ने सञ्चार जगत्ले पनि बुझेको बताउनुभयो। जुनसुकै विपत्तिमा पनि प्रतिकार्यका लागि २४सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिँदै उहाँले जुद्ध बारुणयन्त्र गृहमन्त्रालयअन्तर्गत नै रहेकाले मन्त्रालयले जग्गा सम्झौताको म्याद थप गर्न मात्रै नभई नाममै जग्गा ल्याउन लागिपरेको बताउनुभयो। एकैछिनको ढिलासुस्ती र हेलचेक्य्राइँले जनधनको क्षति हुनदिन हुँदैन भन्दै गृहमन्त्री लेखकले दमकल थप गर्न स्थानीय तहहरुले पनि सहयोग गर्नुपर्ने औँल्याउनुभयो। 

सेनाको नाममा स्थापनाकालदेखि दमकल रहेको जग्गा पछि नेपाली सेनाको नाममा गएको र नयाँ भवन निर्माणका क्रममा सेनासँग ३० वर्षका लागि भाडामा लिएको विषयमा चिन्ता नगर्न आग्रह गर्दै गृहमन्त्री लेखकले गृहमन्त्रालयको दमकल र नेपाली सेनाको नाममा रहेको जग्गा दुवै सरकारको भएकाले यसमा चिन्ता नगर्न आग्रह गर्नुभयो।

कार्यक्रममा गृहमन्त्री लेखकले रासस भक्तपुरका समाचारदाता रमेश गिरीलाई सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभयो। उहाँले पत्रकारहरु पेशल आचार्य, पुष्करराज बुढाथोकी र लीला श्रेष्ठ, सहयोगी विभिन्न संस्था, पूर्वकर्मचारी र उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गर्नुभयो। 

गृहमन्त्रालयका सचिव गोकर्णमणि सुवेदीले देशमा हुने आगलागीका घटनामा ९४ प्रतिशत मानवीय कारण र चार प्रतिशत मात्रै भवितव्य हुने गरेको जानकारी दिँदै जस्तोसुकै अवस्थामा पनि खटिने गरी दमकल तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो। कार्यक्रममा कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले २००१ सालमा स्थापना स्थापनादेखि आजको अवस्थासम्म आइपुग्दा भाग्नुपरेको कठिनाइ, अवसर, चुनौती र कर्मचारीको वृत्तिविकासका आवश्यकताका बारेमा जानकारी दिँदै भवन निर्माणले नयाँ आशा जगाएको बताउनुभयो।
    
कार्यक्रममा सङ्घीय सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दूर्लभ थापा, तत्कालीन जिल्ला विकास समितिका प्रमुख नवराज गेलाल, अग्नि नियन्त्रक प्रशिक्षक अरुण आचार्य, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलगायतले भक्तपुरको दमकललाई प्रविधिमैत्री, सुविधा सम्पन्न बनाएर लैजानुपर्नेमा जोड दिनुभयो। सघन सहरी तथा भवन निर्माण आयोजना प्रमुख रमेश थपलियाले नेपाल सरकारको कूल रु पाँच करोड ७६ लाख ९८ हजारको लागतमा भवन निर्माण सम्पन्न भएको बताउनुभयो।

Previous Post

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

Next Post

सेन्टर प्लाजामा भएको आगलागी छ घण्टापछि नियन्त्रणमा

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
Next Post
सेन्टर प्लाजामा भएको आगलागी छ घण्टापछि नियन्त्रणमा

सेन्टर प्लाजामा भएको आगलागी छ घण्टापछि नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार