Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

धान दिवसको उल्लास : किसानको पसिना र परम्पराको सम्मान

Samjhana Gautam by Samjhana Gautam
June 29, 2025
in दाेभानचाैर आज, समाचार, समाज
0
धान दिवसको उल्लास : किसानको पसिना र परम्पराको सम्मान
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १५ असार

हिलोमा रमाई, खेतमा पसिना बगाई, धानका बिउ रोप्ने तपाईंहरूको हातलाई सम्मान!
दही चिउरा खाई सगुनको सुरुवात गरौँ, नेपाली कृषिको गौरव बढाऔँ!

नेपालभर आज असार १५, ‘धान दिवस’ र ‘दही चिउरा खाने पर्व’ हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष असार १५ का दिन खेतमा धान रोपेर दही चिउरा खाइने परम्परा नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको छ। किसानले दिनभर खेतमा मेहनत गरेपछि दही चिउरा खाएर शक्ति सञ्चय गर्ने र शरीरमा शीतलता ल्याउने विश्वास रहिआएको छ।

राष्ट्रिय धान दिवसको सुरुवात

नेपाल सरकारले वि.सं. २०६१ साल मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी वि.सं. २०६२ सालदेखि असार १५ लाई ‘राष्ट्रिय धान दिवस’को रूपमा मनाउन थालेको हो। कृषिप्रधान देश नेपालमा धान मुख्य खाद्यबाली भएकाले यसको महत्व विशेष छ।

नेपालमा धान मुख्य खाद्यबाली हो र किसानहरूको जीवनशैली, संस्कृति, र अर्थतन्त्रसँग गहिरोसँग जोडिएको छ। कृषिप्रधान देश भएकाले खेतीको सुरुवातसँगै यो दिवसलाई राष्ट्रिय रुपमा मनाउने परम्परा बसालिएको हो।

धान दिवसले नेपाली कृषि संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। किसानहरूको परम्परागत धान रोपाइँ र खेती प्रणालीलाई नयाँ पुस्तामा हस्तान्तरण गराउन सहयोग पुर्‍याउँछ।

वर्षभर हाम्रो भान्सामा आउने अन्न उत्पादन गर्ने किसानहरूको मिहिनेत र भूमिकालाई राष्ट्रिय स्तरमा कदर गर्ने अवसरको रुपमा आजको दिनलाई लिन सकिन्छ। आजको दिन किसानहरू असारे भाका गुनगुनाउँदै हिलोमा धान रोप्दै रमाइलो गर्ने गर्छन्।

दहीको सांस्कृतिक महत्व

नेपाली संस्कृतिमा दहीलाई शुभता र स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ। शुभकार्य, यात्रामा निस्कँदा वा विदेश जाँदा दही र अक्षता मुछेर निधारमा टीका लगाउने परम्परा प्रचलित छ। त्यस्तै, सगुनका रूपमा पनि दही खुवाइने चलन छ, जसले शुभ संकेत ल्याउने जनविश्वास छ।

दही स्वास्थ्यका दृष्टिले पनि उत्तिकै लाभदायक मानिन्छ। गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई दही खान दिएर वीरता र पराक्रमको आशीर्वाद दिएको किंवदन्ती पनि प्रचलित छ। आयुर्वेदमा भोजनपछि मोही (मथेको दही) सेवन गर्नाले औषधिको आवश्यकता नपर्ने उल्लेख गरिएको छ। पाचन प्रणाली सुधार गर्ने र पखाला जस्ता स्वास्थ्य समस्यामा दही चिउरा उपयोगी हुने विश्वास नेपाली समाजमा गहिरिएको छ।

आजको दिन खेतीपाती बाहेक अन्य व्यवसायमा संलग्न नेपालीहरू पनि दही चिउरा खाएर असार १५ मनाउने गर्छन्।

राष्ट्रिय धान दिवस केवल एक पर्व नभई नेपालको कृषि, संस्कार र जीवनशैलीसँग गहिरो सम्बन्ध भएको राष्ट्रिय महत्वको दिन हो।

असार १५, धान दिवसको अवसरमा हाम्रा मेहनती किसान आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नमन र हार्दिक शुभकामना।

Previous Post

बागमती प्रदेशको बजेट कुन जिल्लामा कति ? रामेछापमा २ अर्ब ३ करोड

Next Post

‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
Next Post
‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको

‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार