Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

दोभानचौर खबर by दोभानचौर खबर
September 18, 2025
in समाचार
0
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  निर्वाचन आयोगले तोकिएको समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक कानुनी संशोधन र स्रोत–साधन सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगका अनुसार आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गर्ने मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३० पुग्नेछ। आसन्न निर्वाचनका विषयमा आज आयोगमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीहरूले मतदाता नामावली ऐन, २०७३ संशोधन आवश्यक भएको बताएका छन्।

गत असार १६ गतेदेखि उपनिर्वाचन मिति तोकिएपछि मतदाता नामावली सङ्कलन स्थगित भएकाले अब मध्यावधि निर्वाचन घोषणा भइसकेपछि पुनः नामावली सङ्कलन खुला गर्न कानुनी प्रावधान संशोधन गर्नुपर्ने आयोगको भनाइ छ। सो ऐनको दफा ४ को उपदफा २ संशोधनका लागि अध्यादेशमार्फत कानुनी व्यवस्था मिलाउनेबारे सरकार र आयोगबीच छलफल भएको छ।

गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेशअनुसार विदेशस्थित नेपालीलाई समेत मताधिकार दिने उपायबारे योजना बनाउन आयोगलाई सुझाव दिएका छन्। यस विषयमा आयोगले कानुनविदहरूसँग छलफल गरी सुझाव दिने तयारी गरेको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको परिस्थितिमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा गरिएको हो।

आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनलाई सफल बनाउन प्रभावकारी सुरक्षा प्रबन्ध, आवश्यक जनशक्ति र स्रोतको सुनिश्चितता, मन्त्रालयहरूबीच समन्वय, राजनीतिक दलहरूको सक्रिय सहभागिता र आचारसंहिता कार्यान्वयनका लागि सरकार तथा सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताए।

Previous Post

सर्वोच्चमा आगजनीपछि पहिलोपटक पाल टाँगेर इजलास सञ्चालन

Next Post

गायीका सुमिना लोको सुमधुर स्वर र नरहरी प्रेमीकाे संगीत रहेकाे“तिम्रो प्यारमा”घटस्थापनामा सार्वजनिक हुने

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
खाना पकाउने ग्यासको मूल्य बढ्यो
समाचार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

May 1, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
Next Post

गायीका सुमिना लोको सुमधुर स्वर र नरहरी प्रेमीकाे संगीत रहेकाे“तिम्रो प्यारमा”घटस्थापनामा सार्वजनिक हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार