रामेछापको ।
मन्थलीमा शनिबार शिक्षण सिकाइ विषयक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मन्थली नगरपालिका–१ को आयोजनामा र खाँडादेवी मिडिया ग्रुपको सहजीकरणमा सम्पन्न कार्यक्रममा शिक्षक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी सुपुत्री तथा शिक्षाविद् मानुषी यामी भट्टराई र शिक्षक चन्द्रसिंह धामीले सहभागीहरूलाई प्रभावकारी शिक्षण पद्धति तथा बालमैत्री सिकाइ वातावरणबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा शिक्षण कार्यलाई अझ प्रभावकारी बनाउने उपाय, विद्यालय तथा शिक्षकको भूमिकासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको खाँडादेवी मिडिया ग्रुपका सञ्चालक सागर बोहोराले जानकारी दिए।
कार्यक्रम मन्थली नगरपालिका–१ का वडा अध्यक्ष रामहरि पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगरप्रमुख लब श्रेष्ठ, नगरका प्रवक्ता गोपाल श्रेष्ठ, तथा वडा अध्यक्षहरू राजन घिमिरे र नवीन कार्कीको आतिथ्यता रहेको थियो।
बालबालिकासँग सहज घुलमिल हुँदै सिकाइलाई सरल, रोचक र सहभागीमूलक बनाउन शिक्षकको भूमिकालाई महत्वपूर्ण मान्दै, उत्कृष्ट बाल शिक्षकलाई सम्मान समेत गरिएको सहभागी शिक्षक यसोदा भट्टराई बताइन् ।







