खोटाङ; खोटाङको केपिलासगढी गाउँपालिकामा हेलिकोप्टर दुर्घटना भएको छ। मध्यान्ह १२ बजेको समयमा एयर डाइनेस्टीको हेलिकप्टर अवतरणका क्रममा भित्तामा ठोक्किएर पल्टिएको हो।
दुर्घटनामा स्थानीय ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्। उनलाई तत्कालै अर्को हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
हेलिकप्टरका चालक सविन थापा भने सकुशल रहेका छन् र काठमाडौं फर्किसकेका छन्। हेलिकप्टरमा सवार अन्य चार यात्रुहरू लक्ष्मी राई, समला राई, बालकुमार राई र दासमणि राई पनि सकुशल रहेका छन्।
सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले







