काठमाडौँ: काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान कोटेश्वरस्थित सुविधानगरबाट पक्राउ गरेको हो।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिनका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको भन्दै तत्कालीन प्रजिअ रिजालमाथि कारबाही सिफारिस गरेको जनाइएको छ।
पक्राउ परेका रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।






