Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

दोभानचौर खबर by दोभानचौर खबर
April 1, 2026
in समाचार
0
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम ९कामु० प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ। यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गर्नुभएको थियो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मङ्गलबार सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश मल्लको काँधमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी आइपुगेको हो।

प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको धारा १२९ (६) मा प्रधानन्यायाधीश अवकाश भएपछि वरिष्ठतम् न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीश हुने व्यवस्था गरिएको छ।

न्याय परिषद्ले गत फागुन २६ गते प्रधानन्यायाधीश बन्न योग्यता पुगेका सर्वोच्च अदालतका छ जना न्यायाधीशको सूची संवैधानिक परिषद्मा पठाएको थियो।

प्रधानन्यायाधीशका लागि परिषद्ले वरिष्ठतम् न्यायाधीश मल्लसहित, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।

नेपालको संविधान अनुसार, सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको र ६५ वर्ष उमेर नपुगेको व्यक्ति प्रधानन्यायाधीश हुन पाउने योग्यता पुगेको मानिन्छ । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम प्रस्ताव गर्नुपर्छ। तर प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन्। सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलको नेताको पद रिक्त भएकाले संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न नसकेको बताइएको छ।

संसदीय सुनुवाइ विशेष समितिमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ। प्रतिनिधिसभाको निर्वाचनपछि संसद्को अधिवेशन बिहीबारदेखि सुरु हुने र सभामुख/उपसभामुखको निर्वाचनको प्रक्रिया सुरु हुन बाँकी रहेकाले सुनुवाइ समितिको गठनमा अझै केही हप्ता लाग्न सक्ने देखिन्छ।

कामु प्रधानन्यायाधीश सपना

बुबा गोविन्दबहादुर प्रधान र आमा राधा प्रधानको कोखबाट विसं २०२० कात्तिक २९ गते शुक्रबार थापाथली काठमाडौँमा जन्मिनुभएकी कामु प्रधानन्यायाधीश मल्ल २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो।

उहाँ त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक र दिल्ली विश्वविद्यालयबाट कानुन विषयमा नै स्नातकोत्तर गर्नुभएको छ। संयुक्त राज्य अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासनमा समेत उहाँ स्नातकोत्तर गर्नुभएको हो।

विसं २०४५ देखि कानुन व्यवसायमा सक्रिय भएर काम गर्नुभएकी कामु प्रधानन्यायाधीश सपनासँग दुई वर्ष नेपाल ल क्याम्पसमा कानुन पढाउनुभएको अनुभव पनि छ। अधिवक्ता भएर काम गर्दागर्दै २०६९ सालमा उहाँले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको थियो।

कामु प्रधानन्यायाधीश सपनाको दर्जनौँ शोध र लेखहरू प्रकाशित भएका छन्। कानुनका क्षेत्रबाट महिला अधिकारको संरक्षण, महिला हिंसा नियन्त्रण, सामाजिक न्याय, महिलामा लगानी, महिलाको सम्पत्तिको अधिकार आदि धेरै विषयमा राष्ट्रिय/अन्तरराष्ट्रिय दैनिक तथा जर्नलहरूमा लेखसमेत उहाँले लेख्नुभएको छ। सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा कार्यरत हुँदा उहाँले लैङ्गिक न्याय, लैङ्गिक एवं घरेलु हिंसा एवं संवैधानिक मामिला जोडिएका कैयौँ मुद्दामा दूरगामी असर पार्ने नजिर पनि प्रतिपादन गर्नुभएको थियो।

न्यायिक नेतृत्वसम्म आइपुग्दा सपनाका सङ्घर्ष

सर्वोच्च अदालतको न्यायाधीश हुनुभन्दा अगाडि उहाँ विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्था, कानुन न्याय एवं मानवअधिकारका विषयमा काम गरिसक्नुभएको छ। कानुनकै विद्यार्थी भएको हुनाले कामु प्रधानन्यायाधीश मल्लले २०६४ देखि २०६९ सालसम्म संविधानसभा सदस्य भएर पनि काम गरिसक्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको यातनाविरुद्धको समितिमा विज्ञ सदस्य भएरसमेत उहाँले काम गरिसक्नुभएको हो।

यसका साथै कामु प्रधानन्यायाधीश मल्ललले कानुनका क्षेत्रसँग सम्बन्धित धेरै सङ्घसंस्थामा आबद्ध भएर काम गरिसक्नुभएको छ। न्यायाधीश महिला समाजको संयोजक भएर काम गरिसक्नुभएको उहाँले वातावरणसमबन्धी विश्वव्यापी न्यायिक संस्थानको महासचिव भएर पनि काम गरिसक्नुभएको छ।

त्यस्तै सार्क कानुन नेपाल अध्ययनको अध्यक्ष, अन्तरराष्ट्रिय महिला न्यायाधीश सङ्घको सदस्य, वातावरण न्यायसम्बन्धी विश्वको आयोगको सदस्य, नेपाल बार एसोसिएसनको सदस्यका साथै विभिन्न पदमा रहेर उहाँले काम गरिसक्नुभएको हो।

वरिष्ठ अधिवक्ता तथा संविधासभा सदस्यसमेत भएर काम गर्नुभएकी कामु प्रधानन्यायाधीश मल्लले नेपाल सरकारको दशौँ योजनामा समावेश गर्ने योजना र कार्ययोजनाको विकासमा संलग्न हुनुहुन्थ्यो। मानव बेचबिखन विधेयक, राष्ट्रिय महिला आयोग विधेयक तथा उत्तराधिकार अधिकार विधेयक र वैदेशिक रोजगार विधेयक, यौन उत्पीडनविरोधी कानुन र लैङ्गिक समानता विधेयकलगायत कानुन सुधार पहलहरूलगायत धेरै कानुनी क्षेत्रमा योगदान पुर्याउनुभएको छ।

सर्वोच्च अदालतमा कार्यरत रहँदा व्यवस्थापन तथा प्रकाशन समितिलगायतका धेरै समितिमा रहेर उहाँले नेतृत्व गरिसक्नुभएको छ। प्रधानन्यायाधीश भएमा उहाँ २०८५ कात्तिक ३० गते ६५ वर्षे उमेरहदबाट अवकाश हुनुपर्नेछ। कालिका खड्का/रासस

Previous Post

बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी

Next Post

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

RelatedPosts

बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी
शिक्षा र स्वास्थ्य खबर

बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी

March 31, 2026
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
समाचार

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

March 31, 2026
प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने
समाचार

प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने

March 30, 2026
श्रम स्वीकृतिमा सुधार: टोकन प्रणाली अन्त्य, आवेदनकै दिन स्वीकृति
समाचार

श्रम स्वीकृतिमा सुधार: टोकन प्रणाली अन्त्य, आवेदनकै दिन स्वीकृति

March 30, 2026
बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
समाचार

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सहयोग गर्न गृह मन्त्रालयको अपिल

March 24, 2026
विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
शिक्षा र स्वास्थ्य खबर

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

March 24, 2026
Next Post
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार