काठमाण्डौ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार अपराह्न बैठक बसेको र बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ८६ करोड ४० लाख रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले १० प्रतिशतले हुन आउने ८ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लाही ०.५२६३ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ३६८.४२ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको हो।
कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछी आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ।