काठमाडौ। राजेन्द्र लिङ्देनले आज सोमबार राप्रपा अध्यक्ष पदमा पदभार ग्रहण गरेका छन्। राजेन्द्र लिङ्देनले राप्रपाका पूर्वअध्यक्षहरु बस्ने गरेको कोठाभन्दा बाहिरको अर्कै कोठामा पदभार ग्रहण गरेका छन् । पत्रकारहरुसगको प्रश्नको उत्तर दिदै लिङ्देनले आफ्नो बिजयलाई राजसंस्थासग जोडिएको प्रति असन्तुष्टि ब्यक्त गरेका छन भने अर्कै कोठामा पदभार ग्रहणबारे सो कोठा र कुर्सि आफुले कमल थाापाका लागी सुरक्षित राखीदिएको बताएका छन् ।
अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा हारेपछि कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाएका थिए । त्यसबारे पत्रकारहरुको प्रश्नमा लिङ्देनले भने, ‘मेरो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यो महाधिवेशनको नतिजा प्रतिनिधिप्रतिको अविश्वास हो ।’