नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य अल्पसङ्ख्यक (खुला) एक पदमा प्रदीपकुमार सुनुवार निर्वाचित हुनुभएको छ ।
गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मत परिणामअनुसार सुनुवार दुई हजार १७१ मतका साथ निर्वाचित हुनुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले एक हजार २३ मत प्राप्त गर्नुभएको छ ।
अन्य उम्मेदवार हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा (मारवाडी) ५३६ र प्रेमबहादुर छन्त्यालले २०६ मत प्राप्त गर्नुभएको छ भने मतदानमा चार हजार ६३५ मत खसेकामा ९० मत बदर भएको थियो ।