काठमाडौं । नारायणहिटि दरबार संग्रहालय भित्र बतास समूहले बनाएको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले संरचना भत्काएको हो ।
बाहिरबाट मजदूर ल्याएर संरचना भत्काएको जनाइएको छ । शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचना बाहेकका संरचना भत्काएर सकिएको छ ।
बतास समुहलाइ रेष्टुरेन्टलगायतका व्यवसाय दिइएकाे भनिएकाे उक्त ठेक्का यसअघि नै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सम्पुर्ण कार्य राेक्न लगाएका थिए भने यस ठेक्का प्रकृयाका बारे छानबिनका लागी समिति गठन भइसकेकाे छ ।
संरचना भत्काइदै गरिएका केहि तस्विरहरू –