काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । रिलायन्सको सञ्चालक समितिले उनलाई पुष २८ गते सीईओको रुपमा नियुक्त गरेको थियो र नियुक्तिको अन्तिम स्वकृतिका लागी विमा समितीमा पठाएको थियो ।
रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको प्रस्तावलाई केही समय अघि बसेको बीमा समितिले स्वीकृत गरेको छ । हाल विमा समितीले प्रस्ताव स्विकृत मात्र गरेको र स्विकृति कम्पनीमा पठाई नसकेको जनाईएको छ ।
सीईओ नियुक्तिका लागी कम्पनीसंगै विमा समितीले पनि अन्तिम स्विकृति दिनपर्ने नियम छ ।
पोखरेल चार्टर्ड एकाउन्टेन्ट हुन् र उनले विगतमा आईएमई लाईफ इन्स्योरेन्समा कामु सीईओको रुपमा र सूर्या लाइफमा डेपुटी सीईओका रुपमा काम गरेका छन् ।