काठमाडौं। सिन्धुलीमा एक युटुबर लागुऔषध सहित पक्राउ परेका छन् । उनलाई गत १९ गते सिन्धुलीको खुर्कोटबाट ब्राउन सुगर र गाँजासहित प्रहरीले पक्राउ गरेका हो ।
सिन्धुली गोलन्जोर गाँउपालिका वडा नं ०७ खुर्कोट स्थित वि.पी. राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने प्रहरी चेक प्वाइन्टमा प्रहरीले चेँकजाचका क्रममा यहि माघ १९ गते उनलाई पक्राउ गरेको थियो ।
प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार नियमित रूपमा सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा बर्दिवासबाट धुलिखेल तर्फ जाँदै गरेको चेतन कार्कीले चलाएको मिनि ट्रकलाई रोकी चेकजाँच तथा खानतलासी गर्दा खैरो हिरोइन सहित पक्राउ परेका हुन्।
३७ वर्षीय कार्की ०१(००३ क ९१८२ नम्बरको मिनी ट्रकका साथमा पक्राउ परेका उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।