युक्रेन राष्ट्रपति भोलोडिमिर जेलेन्की आफ्नो देश छोडेर नभाग्ने बताएका छन् । उनलाई अमेरिकाले देश छाड्न भनिरहेको र छोड्न चाहेमा सघाउने प्रस्ताव राखेको हो ।
जेलेन्स्की आफैंले आफू र आफ्नो परिवार रुसको पहिलो नम्बरको निशानामा रहेको बताँउदै आएका छन् । उनी अहिले विश्वसामु सहयोगको अनुरोध गर्दै आफै रुसको बिरुद्ध लडिरहेका छन् ।
अमेरिकी तथा युक्रेनी अधिकारीहरुलाई उदृत गर्दै वाशिन्टन पोष्टले लेखेको छ,‘जनवरीमा युक्रेनको भ्रमणको क्रममा अमेरिकाको गुप्तचर एजेन्जी सिआईएका निर्देशकले जेलेन्स्कीलाई उनको सुरक्षामाथि खतरा रहेको चेतावनी दिएका थिए। तत्कालीन समयमा अमेरिकी गुप्तचरले रुसी हिटम्यानहरु किभमा आइसकेको हुनसक्ने चेतावनी दिएका थिए।’
‘हामीहरुले उनलाई रुसी अतिक्रमणको मात्र होइन उनकै जीवनमा रहेको जोखिमबारे पनि अवगत गराइरहेका थियौं,’ अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेट प्रतिनिधि एडम बी स्चिफले भने। स्चिफ अमेरिकाको तल्लो सदन अन्तरगतको गुप्तचर समितिका अध्यक्ष हुन् ।