काठमाडौं । माधव नेपाल पक्षको सुनुवाइ रोक्न सर्वाेच्च द्वारा अस्वीकार गरेको छ । माधव नेपाल सहितका सांसदको पक्षबाट उक्त रिटमाथिको आइतबारको सुनुवाइ रोक्न सुनुवाइ रोक्न माग गर्दै अमर राउतले इजलास समक्ष निवेदन दिएका थिए ।
एक कानुन व्यवसायीका अनुसार निवेदनकै आधारमा इजलासले सुनुवाइ रोक्न अस्वीकार गरेको हो । । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त रिट चौथो नम्बरमा परेको छ ।
यस अघि गत फागुन २९ मा यस मुद्दा आइतबार पूर्ण सुनुवाइमा पेश गर्ने आदेश भएको थियो । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टी गठन नहुँदै माधवकुमार नेपाल सहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो ।
निष्कासनमा परेका सांसदको सनाखतमा अर्को पार्टी गठन गरिनु र उनीहरुको सांसद पद पनि कायम रहनु गैर कानुनीन भन्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र संघीय संसद सचिवालयलाई विपक्षी बनाई रिट दिएका थिए ।