ललितपुर, आज मिति २०७९/०६/०१ गते भिरपानी-पकरवास रामेछाप सम्पर्क समुह द्वारा आयोजना गरेको रक्तदान सम्पन्न भएको छ।
उक्त कार्यक्रम अहिलेको महामारी र आउदै गरेको दशैको खोजिमलाई मध्यनजर गरेर आयोजना गरेको हो। कार्यक्रममा २०० जना भन्दा बढी उपस्तिथि थिए भने ७५ जनाले रक्तदान गरेको संस्थाको सचिब भिम श्रेष्ठले जानकारी दिनुभयो।
संस्थाको अध्यक्ष रामकुमार श्रेष्ठ (दिनेश) रहेका छन भने तुलसा श्रेष्ठको सयोजकमा कार्यक्रम सम्पन्न भएको हो। प्राबिधिक सयोग थापाथली प्रस्तुति रक्त संचार केन्द्रले गरेको थियो।